काठमाडौं– वाम गठबन्धनको नयाँ सरकार गठन भएसँगै नेपाली पुँजी बजार निरन्तर ओरालो लागेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दिन नेप्से परिसूचक ३६ अंकले बढेको थियो। उक्त दिन १ हजार ४ सय २४ बिन्दुमा रहेको परिसूचक बिहीबार (चैत ८) गतेसम्म आइपुग्दा १ हजार २ सय २० बिन्दुमा आइपुगेको छ।
राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव नेपाली पुँजी बजारमा पर्ने गरेको छ। नकारात्मक गतिमा रहेको नेप्से परिसूचक डा युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएसँगै झनै नकारात्मक बन्दै गएको छ। जसका कारण आम लगानीकर्ताले करोडौं रुपैयाँ गुमाएका छन्।
विगतमा २१ खर्बसम्म पुँजीकृत भएको सेयर बजारमा बिहीबारसम्ममा आइपुग्दा पुँजीकृत पुँजी १४ खर्ब रुपैयाँमा झरेको छ।
यस्तो अवस्थामा सेयर बेच्नभन्दा किन्नतिर लगानीकर्ता लाग्नुपर्ने सेयर जानकारले बताएका छन्। अहिले बजारमा केही कम्पनीको सेयर मूल्य आइपिओभन्दा कम मूल्यमा रहेका छन् भने कतिपयको मूल्य आइपिओको नजिक छन्।
म्युचुअल फन्डको सेयर मूल्य आइपिओ मूल्यभन्दा कम
सेयर बजारमा कम जोखिम लिन चाहने साना लगानीकर्ताको आकर्षणमा रहेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड)को सेयर मूल्य पछिल्लो समय आइपिओको मूल्यभन्दा कम छ।

तीन वाणिज्य बैंकको सेयर मूल्य २ सयभन्दा कम

२ सयभन्दा कम सेयर मूल्य भएका विकास बैंक

आधाभन्दा बढी जलविद्युत् कम्पनीको सेयर मूल्य २ सयभन्दा कम

नियामक निकाय मौन बसेको लगानीकर्ताको आरोप
बजार निरन्तर ओरालो लाग्दा पनि सरकार मूकदर्शक बनेको लगानीकर्ताले आरोप लागाएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै सेयर लगानीकर्ताहरुको संगठन सेयर लगानीकर्ता संघ नेपालले बजार घट्दा पनि नियामक निकाय मूकदर्शक बनेको टिप्पणी गरेको छ।
‘पुँजी बजारको नियामक निकाय अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधिबाट कुनै प्रकारको प्रतिक्रिया नआउनु अत्यन्त दुःखद भएको छ’, विज्ञप्तिमा उल्लेख छ।
संघले पुँजीबजारको विकासमा आगामी दिनमा सरकारको योजना र धारणाहरु सार्वजनिक गर्न समेत संघले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।