काठमाडाैं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले कीर्तिपुर तीनथाना जोड्ने पक्कि पुलको शिलान्यास गरेका छन्।
अर्को बर्ष मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुलको शनिबार उनले शिलान्यास गरेका हुन्। पुल २५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौढाइ रहेको छ।
कीर्तिपुर तीनथाना सडकखण्डस्थित बल्खु खोलामा निर्माण प्रारम्भ गरिएको यो पुल ३ करोड ४४ लाख ७१ हजार रुपैयाँकाे लागतमा सम्पन्न हुनेछ। कीर्तिपुर तीनथाना हुँदै चन्द्रागिरी जोड्ने बाटोलाई ऐतिहासिक मार्गको रुपमा लिइन्छ। चन्द्रागिरी दहचोक हुँदै पृथ्वीनारायण शाहले काठमाडाृैं कब्जा गर्न आउँदा यही बाटो प्रयोग गरेका थिए।
शिलान्यासपछि मन्त्री नेम्बाङले पुर्खाले बनाएको ऐतिहासिक पुलको ठाउँमा पक्कि पुल निर्माण सुरु गरेको बताए। धुवाँ र धुलोको मुख्य समस्या रहेको राजधानीका चाबहिल–गौशला सडकखण्डको निर्माण ६ महिना भित्र सम्पन्न हुने उल्लेख गर्दे उनले काठमाडाैंसंग जोड्ने नुवाकोट नगरकोट, थानकोट हेटौंडा जानेबाटो पनि तीव्र गतिमा निर्माण अघि बढाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।