काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इयुको चुनाव पर्यवेक्षण मिसनले प्रतिशोध साँध्दै प्रतिवेदन लेखेको आरोप लगाएका छन्।
आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को प्रतिवेदन लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि मिसनद्वारा सार्वजनिक प्रतिवेदनको आलोचना गरेका हुन्।
निर्वाचन पर्यवेक्षणका नाममा आएका केही धर्मप्रचारकलाई फर्काइएका कारण इयुले प्रतिशोध साँधेको भन्दै प्रधानमन्त्रीले भने– 'त्यस्ता कुराको प्रतिशोध प्रतिवेदनमा आउनुहुँदैन।'
नेपाललाई हेपेर इयुले प्रतिवेदन बनाएको पनि प्रधानमन्त्रीले बताए। 'इयुले हेपेर प्रतिवेदन बनाएको छ', प्रधानमन्त्रीले भने, 'सच्याउन आग्रह गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।