• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाटो कुर्दाकुर्दै दश वर्ष बित्यो, फर्किएनन् मलेसिया गएका श्रीमान्

64x64
निर्मला घिमिरे आइतबार, पुस १३, २०७६  १०:४०
1140x725

काठमाडौं- खुसी लिन हिडेंका श्रीमान्‌को बाटो कुर्दाकुर्दै समयले एक दशक फड्को मार्‍याे। उर्जाशील उमेरमा बुढ्यौलीले छोएजस्तै गरी अनुहार चाउरीन थाल्याे। त्यो बेला २८ वर्षकी सिन्धुलीकी सविता राई अहिले ३८ वर्षकी भइन्। ‘बाटो कुर्दाकुर्दा १० वर्ष बित्यो। उहाँ आउनु भएन।' सविता भन्छिन्, 'आफूलाई श्रीमान्‌को चिन्ता, साहुलाई पैसाको चिन्ता छ।’ 

राम्राे कमाइ हुन्छ भन्ने सुनेर विसं २०६६ सालमा म्यानपावर कम्पनीलाई ९५ हजार बुझाएर मलेसिया उडेका सविताका श्रीमान् सुकुले राई अझै घर फर्किएका छैनन्। को फर्निचर कम्पनीमा काम गर्न मलेसिया हिडेका सुकुलेलाई कम्पनीले मलेसियाको एक जंगल नजिकै खेतीपातिकाे काममा पुर्‍यायाे। उनले याे कुरा फोनमार्फत् जानकारी गराएका थिए। ‘फर्निचरको काम भनेर मलाई जंगलमा ल्याएको छ। खेतबारीको काम छ। तलब पनि एकदमै कम छ।' सुकुलेले श्रीमतीलाई फाेनमा सुनाउथे। 

गएको ३ वर्षसम्म परिवारसँग सुकुलेको राम्रै कुराकानी हुन्थ्याे। हप्तामा एकपटक भएपनि सुकुलेले फोन गरेकै हुन्थे। थोरै भएपनि पैसा पठाइरहेका थिए। सविता खेतीपाति गर्थिन्। सवितालाई थाइराइडको समस्या थियो। बेलाबेलामा बिरामी पनि हुन्थिन् उनी।

श्रीमान्‌ले मलेसियाबाट पठाएको रकम साहुको ऋण तिर्नसमेत नपुगेकाे उनले सुनाइन्। ३ वर्षपछि सुकुलेकाे फाेन आउन छाड्याे। उनी बेखबर भए। उनले न त फोन गरे न त कुनै खबर नै पठाए। मोबाइल पनि स्वीच अफ भयाे। सुकुले बेखबर भएसँगै परिवारमा चिन्ता थपियो। तर, ऋण दिने साहुलाई भने पैसाकै चिन्ता थियो।

‘घर जग्गा लिलाम गर्नलाई छैन्। ऋणको साँवा बल्ल-बल्ल सकिएको छ।' सविताले भनिन्, 'ब्याजमात्रै झण्डै साँवा जति नै ७० हजार पुगिसकेको छ। तिर्न नसक्दा उहाँको नागरिकता नै साहुले जफत गरेर राखिदियाे।’

बेखबर सुकुलेकाे खाेजीका लागि सविता काठमाडौं आइन्। उनले म्यानपावर, वैदेशिक रोजगार बोर्ड, विभाग, सिंहदरबारको ढोका ढक्ढक्याइन्। विभिन्न सामाजिक संस्थासम्म पनि पुगिन्। तर, उनकाे पत्ताे लागेन।

‘कसैले तेरो श्रीमान् मरिसक्यो होला भनेर पनि अड्कल काट्थे। कसैले अब तेरो श्रीमान् उतै हरायाे भनेर सुनाउथे’, दन्त्य कथा जस्तै आफ्नै कथा सुनाइरहँदा सविताका आँखा टिलपिलाई रहेका थिए। उनले भनिन्, 'मलेसियाको ठाउँ कसैले मारेर फालिदियो कि भनेर मुटु ढुकढुक गर्थ्याे।’

एकातिर बेखबर श्रीमान्‌को चिन्ता अर्कोतर्फ छोराछोरीकाे जिम्मेवारी
दिन, महिना गर्दै वर्षहरु बित्दै गए, तर सुकुलेको कुनै खबर आएन। सविताको थाप्लोमा चिन्ता र जिम्मेवारी दुवै थपियो। ‘छोरा-छोरी पढाउनु पर्‍याे, खान लगाउन दिनै पर्‍याे। उहाँ विदेश गएपछि सजिलो होला भन्ने सोचेर पठाएँ, झन्-झन् गाह्रो हुँदै गयो।कति रोएँ, चिच्याएँ। जति रोए-चिच्याए पनि के गर्नु आफ्नो दुःख आफैँसँग छ।’ सविताले लामो सास तानिन्।

Ncell 2
Ncell 2
nimb
nimb

छोरा-छोरी हुर्काउन र पढाउन सविता एक्लैले संघर्ष गरिन्। मजदुरी गरेर उनले छोरा-छोरी पढाइरहेकी छन्।  सविता र सुकुलेका ३ सन्तान छन्। दुई छोरा एक छोरी। सुकुलेले सानैमा छाडेर गएका उनीहरु अहिले ठूल्ठूला भइसकेका छन्। ‘बाबा खोइ?’ भनेर छोरा-छोरीले सोध्दा जबाफ दिन गाह्रो छ सवितालाई। 

‘मलेसियामा खुसी खोज्दै हुनुहुन्छ भनेर कसरी भनौँ, कुनै अत्तोपत्तो छैन्? सबैले मरिसकेको अड्कल लगाउथे। म अरु के जबाफ दिऊ? आफ्नो आत्माले विश्वास नै गरेको थिएन’ सविताले बताइरहँदा वरपर सन्नाटा छाएको थियो। 

अघिल्लो वर्ष एक दिन अचानक सुकुलेले सवितालाई फोन गरे। ‘हेलो सविता, म तिम्रो सुकुले, के छ खबर, आराम छौ? छोरा-छोरीलाई कस्तो छ? म यहाँ एक फिलिपिनोसँग फसेको छु। तिमीलाई सुनाउँ पनि कसरी, नसुनाउँ पनि बन्धकजस्तै बनाएर राखिएको छ मलाई।’ सुकुलेले एकै सासमा सबै सुनाइभ्याए। सविता छाँगाबाट खसेजस्तै भइन्।

Xtrem

Xtrem

सुकुलेले उनकी फिलिपिनो श्रीमतीसँग लुकेर कुरा गरेका हुन रे। त्योभन्दा अगाडी पनि आफन्तलाई फोन गर्न खोज्दा उनले फोन खोस्थिन् रे। कसैसँग कुरा गर्न नदिइ बन्धकजस्तै बनाएको दुखेसो सुकुलेले सवितासँग पोखेका थिए।

त्यसको केही दिनमा सुकुलेले लुकेर इमोमा सवितालाई भिडियो कल गरे। इमोमा उनकी फिलिपिनो श्रीमती र उनको फोटो समेत पठाएका रहेछन्। ‘तिमी पनि बिरामी छौं, मराे पनि यो हालत भयो। तिम्रो र छोरा-छोरीको असाध्यै सम्झना आएको छ। म तिमीहरुसँगै फर्किन चाहान्छु। मलाई जसरी हुन्छ फर्काउनु।’ भिडियो वार्तामा सुकुलेले रुँदै भने। ‘बोल्दाबोल्दै फोन काटियो, एक वर्ष भइसक्यो त्यसपछि उहाँ सम्पर्कमा आउनु भएको छैन,’ सविता भक्कानिइन्, ‘मोबाइल खोसेर होला पुरै कुरा नसकिँदै फोन काटियो।’

भिडियो वार्तामा सुकुले रोएको सम्झिँदा सवितालाई बढी पीडा हुँन्छ। अहिले उनलाई कसरी नेपाल फर्काउने भनेर सविता चिन्तामा छन्। ‘मैले धेरै पढेकी पनि छैन, छोराहरुले फेरि फोन गर्दा त्यो नम्बरमा फोन लाग्दैन, न त उहाँले फोन गर्नु भएको छ। अहिले उहाँ कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने जानकारी नै छैन।’ सविताले भनिन्, 'उहाँलाई कसैले बन्धक बनाएर राखिराख्नु भएको छ भने जसरी पनि घर पठाइदिनु होला। हामी रोएर बसेका छौँ, छोरा-छोरी पनि बाबा आउने बाटो कुरिरहेका छन्।’

सविताको गला अवरुद्ध भयो। उनी अर्कोतिर फर्केर रोइरहिन्।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्