• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षालाई बाध्यात्मक बनाउन सुझाव

64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  २१:१२
1140x725

काठमाडौं- संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कर कानूनमा परिमार्जन गरी सामाजिक सुरक्षा योजनालाई बाध्यात्मक बनाउन सरकारलाई सुझाव दिएको छ। 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा थप जटिलता पैदा भएको जेटियुसीले जनाउँदै केही व्यवसायीको निहित स्वार्थपूर्तिका लागि सामाजिक सुरक्षा योजनाका बारेमा अनावश्यक विवाद र भ्रम सिर्जना गर्ने प्रयास भएको ठहर समेत गरेको छ। 

राजधानीमा सम्पन्न दुईदिने चौथो श्रम संसद् बैठकले योजनामा सहभागी हुनेलाई पुरस्कार र नहुनेलाई निरुत्साहित गर्न र सूचीकरण प्रक्रियामा आउन अटेर गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। 

बैठकले सन् २०२० लाई मूलरुपमा सामाजिक सुरक्षा योजना र श्रम कानूनको प्रभावकारी कार्यान्वयनको अभियान वर्ष बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै औपचारिक, अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई समेट्ने गरी सामाजिक सुरक्षा कार्यविधि निर्माण र परिमार्जनसहित पूर्ण कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने बैठकले निर्णय गरेको छ। 

सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्ष नाघेपनि योजनामा रोजगारदाता र श्रमिकको उल्लेख्य सहभागिता देखिएको छैन। सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म ११ हजार ९०२ रोजगारदाता र एक लाख ३५ हजार ४४९ श्रमिक सूचीकृत छन्। त्यस्तै रु ३३ करोड ३५ लाख ११ हजार ९०४ योगदान रकम सङ्कलन भएको छ। 

केन्द्रीय तथ्याङ्क विभागको एक अध्ययन अनुसार नेपालमा करिब ९ लाखको हाराहारीमा रोजगारदाता प्रतिष्ठान दर्ता भएका छन्। विभागको तथ्याङ्कलाई आधारमान्दा पनि अझै ठूलो सङ्ख्यामा रोजगारदाता यस प्रक्रियाबाट बाहिरै छन्। रोजगारदाताले कोषमा सूचीकृत हुने प्रतिबद्धता बारम्बार गरे पनि त्यसले मूर्त रुप लिन सकेको छैन। 

बैठकले समाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा श्रमिकले प्रचलित कानून तथा सामूहिक सौदावाजी र सम्झौतामार्फत प्राप्त सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि योजनामा देखिएका कानूनी अस्पष्टता तथा व्यवहारिक समस्याको समाधान गर्नसमेत आग्रह गरेको छ।

यस्तै कोषअन्तर्गत राखिएको राष्ट्रिय श्रमिक कल्याणकारी कोषको रकम हाल कुनै पनि कल्याणकारी सुविधा र सामाजिक सुरक्षाबाट सेवा नपाएका सबै क्षेत्रका श्रमिकको हितमा परिचालन गर्नका लागि स्वास्थ्य उपचार कार्यविधि बनाइ लागू गर्न माग गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक सुरक्षा करका रुपमा श्रमिक तथा कर्मचारीबाट उठाइएको एक प्रतिशत रकम तत्काल कोषलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ। 

बैठकले श्रम ऐन, २०७४ को दफा १४५ को अपव्याख्या गर्दै नेपाली श्रमिक कटौती गर्ने, सोही ठाउँमा विदेशी श्रमिक भर्ना गर्ने र कार्यतर श्रमिकलाई ‘आउट सोर्स’मा परिणत गर्ने तथा जग्गा प्लटिङ गर्ने उद्देश्यले कम्पनी बन्द गर्ने/गराउने रोजगारदातामाथि पनि कारबाही गर्न आग्रह गरेको छ। 

यसैगरी राज्यको सबै निर्वाचित तथा नीति निर्माण तहमा कम्तिमा १० प्रतिशत श्रमिक प्रतिनिधित्वको व्यवस्था गर्न, असुरक्षित वैदेशिक रोजगारीलाई निरुत्साहन गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सुलभ र व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन तथा श्रम कानूनमा व्यवस्था भएका तर कार्यान्वयनमा आउन नसकेका संरचनाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरिएको छ। 

बहानाबाजी छुट छैन : उपप्रधानमन्त्री पोखरेल
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रोजगारदातालाई ‘यदि’, ‘तर’ लगायत कुनै पनि वहानावाजी गर्ने छुट नभएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको पुरातनवादी सोच र सङ्कीर्णता त्याग्न आग्रह गर्दै उनले भने, 'श्रम ऐनको प्रभावकारी कार्यान्वयन गर्ने पर्छ, म सरकारका तर्फबाट भन्न चाहन्छु, यसमा ‘यदि’, ‘तर’ भन्ने जस्ता कुनै छुट हुनै सक्दैन, जुन दण्डनीय छ।' 

श्रम ऐन तथा सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न रचनात्मक जनदबाबको आवश्यकता औँल्याउँदै उहाँले जेटियुसीसीको अभियान आगामी दिनमा त्यसतर्फ केन्द्रीत हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सङ्कलन भएको रकम दुरुपयोग नहुने स्पष्ट पार्दै सबै श्रमिक र रोजगारदातालाई तत्काल सहभागिताका लागि आग्रह गरे। 

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र श्रम ऐनको पूर्ण कार्यान्वयनमा जनदबाब सिर्जना गर्नु जरुरी रहेको बताए।

यसैबीच जेटियुसिसीको नेतृत्व हस्तान्तरण गरिएको छ। निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले जेटियुसिसीको नेतृत्व नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यलाई हस्तान्तरण गरे। यसअघि जेटियूसिसीको नेतृत्व नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गर्दै आएको थियो।

यस्तै महासचिवमा पल्टन ठाकुरले लालकुमार लामालाई र महिला संयोजकमा सुधा दाहालले विष्णु थापालाई पद हस्तान्तरण गरे। प्रत्येक एक/एक वर्षमा जेटियुसिसीको नेतृत्व हस्तान्तरण हुँदै आएको छ। जेटियुसिसीमा विभिन्न राजनीतिक दल निकट ९ ट्रेड युनियनका घटक आबद्ध छन्। रासस

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्