काठमाडौं- माओवादी केन्द्रले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। ललितपुरको खुमलटारमा बसेको पार्टी हेडक्वार्टर बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।पार्टीभित्रका धेरै नेता संघीय मन्त्रालय र प्रदेशको जिम्मेवारीमा सहभागी भएकाले इन्चार्जको जिम्मेवारी फेरबदल गरिएको माओवादी नेता मणि थापाले बताए।
हेडक्वार्टरको निर्णय अनुसार प्रदेश १ को जिम्मेवारी राम कार्कीलाई दिइएको छ। त्यस्तै, प्रदेश २ को इन्चार्जमा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश ५ मा मणि थापा, प्रदेश ६ मा जनार्दन शर्मा र प्रदेश ७ को इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ। यसअघि, प्रदेश १ मा गोपाल किराँती, प्रदेश २ मा मात्रिका यादव, प्रदेश ४ मा देव गुरुङ, प्रदेश ५ मा वर्षमान पुन र प्रदेश ६ मा शक्ति बस्नेत इन्चार्जको जिम्मेवारीमा थिए। प्रदेश ३ र ७ मा भने यसअघि पनि शाक्य र भट्ट नै इन्चार्ज थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।