• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पर्यटकीय पूर्वाधार निर्माणमा जुट्दै स्थानीय तह

64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  ११:३४
1140x725

तनहुँ- नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ। भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन्। भ्रमण वर्षलाई लक्ष्य गरी तनहुँका केही स्थानीय तहले  पूर्वाधार निर्माण गरिसकेका छन् भने केहीले  दीर्घकालीन रुपमै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणलाई जोड दिएका छन्।

तनहुँका दशै वटा स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल, दृश्यावलोकन केन्द्र, शिशाको दृश्यवलोकन स्तम्भ लगायतका संरचना निर्माण गर्ने योजना अगाडि सारेका छन्। 

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको बन्दीपुरमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणका लागि गाउँपालिका लागिपरेको छ। बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्‍याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउँछन्।

बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। जमीनको सतहबाट ५ फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ। 

'बन्दीपुर आफैंमा पनि सुन्दर र प्रख्यात पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ,' गाउँपालिकाका अध्यक्ष थापाले भने, 'यहाँको पर्यटन उद्योग विस्तारमा यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरेका छाैं।' ‘दृश्यावलोकन स्तम्भ’ मा दुरबीनको समेत व्यवस्था मिलाइनेछ। एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को अहिले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण भइरहेको छ। डिपिआरको काम सकिने बित्तिकै टेण्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिए।

बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ। गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए। बन्दीपुर घुम्न आउनेमध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले ‘दृश्यावलोकन स्तम्भ’ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ। यहाँ रहेका पुराना घरहरुका कारण पनि विदेशीहरु आकर्षित हुने गरेका छन्। पोखरादेखि ७४ किलोमिटर र काठमाडाैंदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर  लगायतका स्थलहरु यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेका छन्।

दक्षिणी भेगमा रहेको घिरिङ गाउँपालिकाले खोलालाई थुनेर घुमाउने ताल बनाउन लागेको छ। घुमाउने तालको डिपिआर तयार भएको छ। घिरिङ गाउँपालिका–३ मा अवस्थित गोफाखोला थुनेर ताल बनाउन डिपिआर तयार भएको र टेण्डर आह्वान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रणबहादुर रानाले जानकारी दिए। कूल ७९ रोपनी क्षेत्रफलमा ताल निर्माणका लागि रु तीन करोड बजेट अनुमान गरिएको छ। ताल निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड विनियोजन गरेको छ।

Ncell 2
Ncell 2

ताल निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत सङ्घीय सांसद केदार सिग्देलले रु ५० लाख र गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेका छन्। थप रकमका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिने अध्यक्ष रानाले बताए। 

ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पुर्‍याइएको छ। 'यहाँका बासिन्दा बसाइँ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुने क्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिसहरु गाउँ फिर्ता हुने विश्वास गरेका छौ,' रानाले भने। गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिकाले दुई ठाउँमा कृत्रिम ताल बनाउन सम्भाव्यता शुरु गरेको छ। भानु नगरपालिका–३ र ८ स्थित फाउदी रह र भानु नगरपालिका–१२ र १३ कस्र्याङ्दी खोला थुनेर ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

त्यस्तै, भानु नगरपालिका–९ स्थित गढीमाईमा दृश्यावलोकन केन्द्र निर्माण गर्न लागिएको छ। दृश्यावलोकन केन्द्र निर्माणका लागि चालु आवमा रु २० लाख विनियोजन गरिएको छ। 

'भानुभक्त आचार्य र नेमुनि ऋषिको जन्मथलो भए पनि यहाँको पर्यटकीय स्थल ओझेलमा परेका छन्, पर्यटक त आउँछन् तर, उनीहरुलाई भुलाउन पूर्वाधार छैन,' पाण्डेले भने, 'त्यसैका लागि पूर्वाधार निर्माणमा जोड दिएका छाैं।'

व्यास नगरपालिकाले दुई वटा कृत्रिम ताल निर्माण गर्ने योजना अगाडि बढाएको छ। व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण शुरु भइसकेको छ। व्यास नगरपालिका–३ स्थित मादी नदीमा ताल निर्माणका लागि डिपिआर तयार भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।

कृत्रिम ताल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो। मादी नदीमा ताल निर्माणका लागि अब टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको छ। नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ।

'मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ,,' नगरप्रमुख न्यौपानेले भने, 'यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ।' 

काठमाडौँबाट १५० र पोखराबाट ५० किलोमिटरको दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल सहितको संरचना निर्माण गर्न करीब रु ६ अर्ब लाग्ने अनुमान गरिएको छ। कृत्रिम ताल सहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ। परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्स लगायतका संरचना निर्माण गरिनेछ।

यस्तै, भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी व्यास नगरपालिका–६ गलेखामकोटमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ। नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गलेखामकोटमा रु १६ लाख ५० हजारको लागतमा स्तम्भ निर्माण गरिएको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले जानकारी दिए। 'भ्रमण वर्षलाई सफल बनाउन पूर्वाधार निर्माणको आवश्यकता खड्किएपछि दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो,' वडाध्यक्ष भण्डारीले भने, 'यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न मद्दत पुग्छ।'

गलेखामकोटमा रहेको कोटभैरव मन्दिरको प्रचारप्रसारका लागि पनि यो स्तम्भले सहयोग पुग्ने विश्वास गरिएको छ। 'गलेखामकोट आफैंमा एउटा पर्यटकीय स्थल हो,' भण्डारीले भने, ' दृश्यावलोकन स्तम्भ निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल अझै बढ्ने अपेक्षा गरेका छौं।'

तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ। यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लु लगायतको हिमशृङ्खला देख्न सकिन्छ। गलेखामकोट पुग्ने पर्यटकलाई बास बस्न पाहुनाघर पनि निर्माण गरिएको छ। 

समुद्र सतहबाट २ हजार २०७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो। यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ। बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी शिवराज काफ्लेले बताए। मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दैआएका छन्। 

पर्यटकीय सम्भावना बोकेर पनि यो ठाउँ ओझेलमा पर्दैगएको स्थानीयवासीको गुनासो छ। स्थानीयवासी राजकुमार श्रेष्ठले भने, 'यो आफैंमा पनि छुट्टै विशेषता बोकेको ठाउँ हो तर, यसको पर्याप्त प्रचारप्रसार हुन सकेको छैन। स्तम्भ बनेपछि यस ठाउँको प्रचार हुनेमा विश्वस्त छौं।' यस ठाउँमा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षित रुपमा राखिएका छन्। रासस

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष शनिबार, पुस २६, २०८२
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते शनिबार, पुस २६, २०८२
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्