काठमाडौं– गायक खेम रिसालले ‘केही गरी सकेन’ गीतको भिडियो ल्याएका छन्।
सञ्चारकर्मी समेत रहेका खेमले भिडियो टेलिभिजन च्यानल र युट्युब मार्फत शुक्रबार एकैसाथ सार्वजनिक गरेका हुन्। उक्त गीत ‘थालनी’ एल्बममा समाविष्ट छ।
प्रेममा बिछोड हुँदाको पीडालाई समेटिएको गीत गायक आफैंले रचना गरेका हुन् भने मोहन मगरले संगीत दिएका छन्। भिडियोमा नयन सिंह र पुनम भण्डारीलाई फिचर गरिएको छ।
केदार धितालले निर्देशन गरेको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन्। सम्पादन भने निशान घिमिरेले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।