मुम्बई (एजेन्सी)– आमिर खानका छोरा आजाद राव खान ६ वर्षका भए। तर, उनी सानो उमेरदेखि नै मार्शल आर्ट्सको ट्रेनिङमा व्यस्त देखिन्छन्।
आमिर खानका छोरा यतिबेला अफ्रिकी–ब्राजिलियन मार्शल आटर््स फर्म (कापोइरा) को ट्रेनिङमा व्यस्त छन्। उनी केही दिन यतादेखि मेक्सिमम सिटी सेन्टरमा अभ्यास गरिरहेको भेटिने गरेका छन्। मुम्बईको खार इलाकामा पर्ने यस सेन्टरमा उनी डान्स,एक्रोबेट र म्युजिक समावेश भएको यो खेलको ट्रेनिङ गरिरहेको देखा परेका थिए।
आजाद आमिर खानको दोस्रो श्रीमती किरण राव पट्टीको छोरा हुन्। उनी मुम्बईको धीरुभाई अम्बानी स्कुलमा पढ्ने गर्छन्। उनी ऐश्वर्या–अभिषेककी छोरी आराध्या बच्चनका साथी पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।