काठमाडौं- लक्ष्मी बैंकका ग्राहक सेलपेमा आवद्ध हुने बित्तिकै १ सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने भएका छन्। लक्ष्मी बैंक र सेलपेबीच भएको सो सम्झौता भएको हो।
सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बू र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
सेलपेबाट विभिन्न प्रकारका भुक्तानी गर्दा लोयल्टी प्वाइन्टमार्फत् छुट पाउने व्यवस्थासमेत गरिएको सेलपेले जानकारी दिएको छ।
सेलपेबाट मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल भुक्तानी गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।