काठमाडौं- नेपालका लागि सुजुकीका सवारीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङअन्तर्गतको सिजी मोटोकर्पले यही पुस १२ गते शनिबार ‘सुपर स्याटरडे’ आयोजना गर्ने भएको छ।
यो दिन सुजुकीका चारपांग्रे सवारीको खरिदमा ग्राहकले विशेष अफर पाउने छन्।
‘सुपर स्याटरडे’ नाम आएको एक दिने योजनामा ग्राहकले नियमित सोरुममा पाउने छुटभन्दा बढी नगद छुट पाउने जनाइएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार ग्राहकहरुले उक्त दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा र स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउने छन्।
यो अफर पुस १२ गते एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरमा लागू कम्पनीले जनाएको छ। सिजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।