नेपालगन्ज- मानवअधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँकेको सीतापुरमा मानव अधिकार सम्बन्धी फिल्म प्रदर्शन गरिएको छ। मान्छेको बाँच्न पाउने अधिकार संरक्षण गर्दै सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानको रुपमा मानवअधिकार चलचित्र केन्द्रले फिल्म प्रदर्शन गरेको हो।
मानवअधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित उत्कृष्ट फिल्मलाई राजधानीमा मात्रै नभई जिल्ला र गाउँ तहसम्म लैजान ६ वर्षदेखि फेस्टिभल गर्दै आएको छ। केन्द्रले सामाजिक, सांस्कृतिक, राजनीतिक र समाजमा विभिन्न रुपमा पछाडि पारिएका समुदायलाई लक्षित गरी उनीहरुका सवालहरुमा आधारित वृत्तचित्र निर्माण गरी प्रर्दशन गर्दै आएको छ।
सीतापुरको रिमझिम चौकस्थित रेडक्रस भवनमा बध र डटर अफ कभर्ड मुन नामका फिल्म देखाइयो। बाँकेसहित डडेलधुरा, कन्चनपुर, दैलेख, मुगु, रुपन्देही, तेह्रथुम, सुनसरी, सिन्धुली, सर्लाही, पर्सा, मकवानपुर, तनहुँ र पर्वत गरी देशका १४ वटा स्थानमा महोत्सव गर्न लागिएको केन्द्रका महासचिव पाण्डव खत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।