काठमाडौं- कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतमाझैं नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ।
विन्टर फेस्टको उपलक्ष्यमा ग्राहकहरूलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ। यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन्।
युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक खेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ। अनुप्रस्थ, फ्युजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुति विन्टर फेस्टभरि जारी रहने सिटी सेन्टरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।