काठमाडौं– गोकर्ण फरेस्ट रिसोर्टको पुरानो सम्झौता अवधि सकिनुभन्दा साढे ५ वर्षमा सबा ४ करोडभन्दा बढी भाडा आउने गरी लिज अवधि बढाइएको सरकारले स्वीकार गरेको छ।
नेपाल ट्रस्टको सिफारिसमा गोकर्ण फरेष्टको समय २५ वर्ष थप गरेको रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन्।
राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै ट्रष्ट सञ्चालक अध्यक्ष समेत रहेका पोखरेलले बताएका हुन्।
यती होल्डिङ्सले २९ करोड लगानीमा ४८ वटा सुविधा सम्पन्न रुम सहितको ४ सय जना अट्ने सभा हल बन्ने निश्चित गरेपछि समय थप भएको उनको भनाइ छ।
बाँकी रहेको साढे ५ वर्षमा ३७ लाख डलर आउने छ। यो रकम नेपालीमा ४ करोड ३१ लाख ८३ हजार भन्दा बढी हुन्छ।
थप भएको २५ वर्षको अवधिमा भने १ अर्ब १५ करोड १० लाख २ हजार १ सय ७० रुपैयाँ भाडामा आउने छ।
अप्रत्यक्ष रुपमा भने ३ अर्ब ९ करोड आउने गरी समय थप भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।