• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

परदेश पुगेको भोलिपल्टै किन बिरामी पर्छन् श्रमिक? 

मेडिकल व्यवसायीको हेलचेक्र्याइँमाथि सरकारको पनि बेवास्ता 
64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०७६  ०६:३०
1140x725

काठमाडौं- पाल्पाका यमबहादुर बयम्बुमगर गत असोज २ मा मलेसिया पुगेको भोलिपल्टदेखि नै बिरामी परे। उनी रिजा ओभरसिज इम्प्लोइमेन्ट म्यानपावर कम्पनीमार्फत सेक्युरिटी गार्ड कामका लागि जेर्हाइ सेक्युरिटी कम्पनीमा गएका थिए । 

काम गर्न नसक्ने अवस्था भएपछि नेपाल फर्काइदिन उनले कम्पनीमा आग्रह गरे। कम्पनीका सुपरभाइजरले बिरामी भएको नाटक गरेको भनेर बेवास्ता गरेपछि उनले परिवारमा खबर गरे। म्यानपावरमा सम्पर्क गर्दा पनि उसैगरी बेवास्ता ग¥यो। उनको अवस्था नाजुक हुँदै गयो। एकदिन उनी अचानक अचेत भएपछि कम्पनीले अस्पताल पु¥यायो। रिपोर्टमा यमबहादुरलाई अल्सर भएको देखियो । 

अप्रेसनका पैसा लाग्ने भएकाले थप ४५ हजार मलेसिया पठाउनुपर्ने भन्दै म्यानपावरले परिवारसँग माग ग¥यो। यमबहादुरका परिवारले त्यति  रकम ऋण खोजेर पठाए। 

यमबहादुरको अप्रेशन पनि भयो। तर केही समयपछि नै उनको मलेसियामा मृत्यु भयो। 

‘अप्रेशन गरेर ल्याएको बिरामी भाइलाई चिसो भुँइमा राखिएको भिडियो पाएका थियौँ, उपचार र खानाको राम्रो व्यवस्था नभएपछि मेरो भाइको मलेसियामै ज्यान गयो। कसैले वास्ता गरेन’, यमबहादुरका दाइ थर्कबहादुरले नेपाल लाईभसँग गुनासो गरे। 
‘उहाँले आफू बिरामी भएको भनेर हामीलाई खबर गर्नु भएको थियो, झिकाइदिनु भनेर हामीले म्यानपावरमा खबर ग¥यौं,  उतै उपचार गराइरहेको भनेर म्यानपावरले थप रकम माग ग¥यो, पैसा पनि पठायौँ तर उहाँ फर्कनु भएन’ यमबहादुरकी श्रीमती बम्बुसरा बयम्बुले सुनाइन् । 

मलेसियाली बायोमेडिकल प्रणालीमा आबद्ध युभी स्वास्थ्य क्लिनिक प्रालिमार्फत् स्वास्थ्य परीक्षण गरी गएका उनी पुगेको भोलिपल्टै कसरी बिरामी भए? जबकि उनको मेडिकल रिपोर्ट पोजिटिभ थियो । यहीँनेर प्रश्न खडा हुन्छ।  

‘हार्ट अट्याक, ब्लडप्रेसरजस्ता केही रोगहरुको रिपोर्टमात्र केही दिनको अन्तरालमा पनि फरक आउन सक्छ। क्यान्सर, अल्सर, मुटुरोग, मिर्गौला फेलजस्ता अन्य रोगहरु वैदेशिक रोजगारीमा जानु अगाडि स्वास्थ्य परीक्षण गराउँदाको रिपोर्टमा देखिन्छन्, मेडिकलको लापरबाहीका कारण यस्तो समस्या देखिएको हुनसक्छ’ नेपाल मेडिकल व्यवसायी महासंघका अध्यक्ष सीताराम रेग्मीले भने। 

केही मेडिकल संस्थाको हेलचेक्र्याइँ, नक्कली रिपोर्ट तयार गर्ने लगायतका समस्याका कारण परदेश पुगेपछि श्रमिकहरु बिरामी हुने गरेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मलेसियाले ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गर्ने गरी सिण्डिकेट कायम गरेको छ, कसरी स्वास्थ्य परीक्षण गर्छ वा नगरी नक्कली रिपोर्ट निकालेर पठाउँछ यस्ता खालका समस्या सुरुदेखि अहिलेसम्म कायम छन्’ उनले थपे । 

दाङका झपेन्द्र दमाई पनि रोजगारीका लागि कुवेत पुगेका थिए। कुवेत पुगेको ४२ दिनपछि बिरामी भएर उनको कुवेतमै ज्यान गयो। झपेन्द्रका परिवारले वैदेशिक रोजगार विभागबाट क्षतिपूर्ति लिइसकेका छन्। तर केही दिनअगाडि स्वस्थ झपेन्द्रको ४२ दिनमै कसरी मृत्यु भयो? मेडिकलले नक्कली रिपोर्ट बनाएर पठाउँदा त्यस्तो समस्या निम्तिएको हो वा कुवेत पुगेपछि उनीमाथि स्वास्थ्य समस्या देखिएको हो भन्ने विषय अझै अन्योल छ। 

आफू स्वस्थ भएको मेडिकल रिपोर्ट देखाउँदै परदेश हिँडेका यमबहादुर र झपेन्द्रजस्ता थुप्रै श्रमिक गन्तव्यमा पुगेको केही दिनमै बिरामी भएर परदेशमै ज्यान जाने गरेको छ भने कतिपय बिरामी भएर फर्काइने गरेका छन्।

नेपालमा स्वास्थ्य जाँच गर्दा फिट देखिए पनि विदेशमा पुगेर स्वास्थ्य जाँच गर्दा अनफिट हुने समस्या पनि उस्तै विकराल छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनफिट भएर फर्किएकाले पाउँदैनन् क्षतिपूर्ति  

पर्फेक्ट डाइग्नोस्टिक सेन्टर प्रालिमा २०७१ सालमा स्वास्थ्य परीक्षण गराइ रोजगारीका लागि कतार पुगेका रुद्रनारायण यादव पनि कतार पुगेर पुनः स्वास्थ्य जाँच गर्दा मेडिकल रिपोर्ट अनफिट देखिए। उनलाई कतारस्थित विमानस्थलबाटै फिर्ता गरियो।

यादवले क्षतिपूर्तिको माग गर्दै प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चमा २०७१ सालमा उजुरी दिए पनि ५ वर्षसम्म अझै क्षतिपूर्ति पाएका छैनन् । यादव म्यानपावर कम्पनी सान नेपाल प्रालिमार्फत कतारको तड्मु रुफ्स कम्पनीमा मजदुरी(लेवर) गर्न श्रम स्विकृति लिएर १५ डिसेम्बर २०१३ मा कतार उडेका थिए। 

कतार पुगेपछि श्रमिक मेडिकल अनफिट भएर फर्किनु पर्ने समस्याको अन्त्यका लागि भन्दै कतार भिसा सेन्टर खडा भएको छ। साउदी, मलेसिया, कुवेत, बहराइन, ओमानलगायत मुलुकमा अझै पनि मेडिकल अनफिट भएर फर्किनुपर्ने समस्या उस्तै छ। 

नेपालमा मेडिकल फिटको प्रमाणपत्र दिएर पठाइएका कामदारहरु खाडीलगायत गन्तव्य मुलुकमा पुगेपछि मेडिकल अनफिट भएर फर्काइने समस्या नयाँ भने होइन । 

वैदेशिक रोजगारीमा जाने थुप्रै कामदारहरु मेडिकल अनफिट फर्किने समस्या केही वर्षदेखि यथावत नै छ। 

नेपालबाट मलेसिया लगायतका खाडी मुलुक जान १ देखि ३ लाखसम्म रकम म्यानपावर तथा मेडिकल व्यवसायीलाई बुझाएर गएका कामदारहरु मेडिकल अनफिट भएर फर्काइएपछि  उनीहरु विदेश जाँदा लागेको रकम फिर्ता पाउन मुस्किल पर्छ। 

नेपालमा मेडिकल फिट भएर गन्तव्य मुलुकमा पुगेका कामदारहरु किन मेडिकल अनफिट हुन्छन्? यस सम्बन्धमा स्वास्थ्य व्यवसायीहरुको प्रतिक्रिया लिँदा कतिपय व्यवसायी नेपालमा रहँदा कामदारहरु  स्वस्थ रहने र विदेश पुगेपछि त्यहाँको हावापानीको प्रभावले समेत स्वास्थ्यमा समस्या पर्ने हुँदा मेडिकल अनफिट हुने गरेको बताउँछन् । 

तर कतिपय स्वास्थ्य व्यवसायीले मेडिकल अनफिटका सम्बन्धमा दिएको प्रतिक्रिया सुन्दा म्यानपावर व्यवसायी तथा मेडिकल व्यवसायीको मिलोमतोमा सेटिङ मिलाएर गलत मेडिकल रिपोर्टलाई ढाकछोप गरिएको छर्लङग हुन्छ।

स्वास्थ्य व्यवसायी तथा प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चका अध्यक्ष चेतनारायण पौडेल म्यानपावर तथा मेडिकल व्यवसायीले सेटिङ मिलाएर कामदार पठाउँदा मेडिकल अनफिटका समस्या आउने गरेको स्वीकार गर्छन्। 

उनी भन्छन्, ‘अस्वस्थ रहेर मेडिकल रिपोर्ट फेल (नेगेटिभ) देखाउने भएपछि कतिपय कामदारले सेटिङ मिलाएर पठाउन आग्रह गर्छन्, यस्ता कामदारको मेडिकल रिपोर्ट अनफिट हुने हुँदाहुँदै पनि मेडिकल व्यवसायी र म्यानपावर व्यवसायी मिलेर पोजिटिभ (पास) बनाएर पठाउँछन्। यसरी पठाइएका कामदारहरु गन्तव्य मुलुकका एयरपोर्टबाटै फिर्ता हुन्छन् ।’ 

प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चमा मात्रै पनि हालसम्म २ सय ४४ मेडिकल अनफिटसम्बन्धी उजुरी परेका छन्। उनीहरुले क्षतिपूर्ति पाएका छैनन्। मेडिकल अनफिट भएपछि फर्किएर स्वास्थ्य व्यवसायी महासंघमा उजुरी दिएका हजारौँ श्रमिकले क्षतिपूर्ति पाउन सकेका छैनन्। 

यस सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी महासंघलाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अन्य स्वास्थ्य संस्थाले जारी गर्ने रिपोर्टमा होलोग्राम स्टीकर टाँस्न पाउने गरी अधिकार उपलब्ध गराएको छ। 

उक्त होलोग्रामको स्टीकर टाँसेर वैदेशिक रोजगारीमा गइ स्वास्थ्य समस्याका कारण फर्काइएमा प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सरकारले शर्त राखेको थियो। कामदारको क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयमा विशेषज्ञ समिति पनि गठन भएको छ तर समितिले सक्रिय रुपमा काम गर्न नसक्दा मेडिकल अनफिटका कारण फर्काइएकाले क्षतिपूर्ति पाउन सकेका छैनन्। 

 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्