बैंकक– थाइल्याण्डको उत्तरपूर्वमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको मृत्यु भएको छ।
थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनमा बस सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले जानकारी दिएको छ।
उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए। दुर्घटनामा परी घाइते भएका अन्य सबैको उपचार जारी छ।
प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यानदिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।