• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'बीसौं वर्ष फुटबलमा केही नगर्ने, अहिले परिवर्तनको नारा दिने?'

64x64
नेपाल लाइभ बिहीबार, चैत ८, २०७४  ०८:०२
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का आगामी चैत १४ मा हुने केन्द्रीय समितिको निर्वाचनमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदैछ। एन्फाका पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष मणी कुँवरको समूहबीच प्रतिस्पर्धा हुने चुनावको महोल तातिरहेको छ। 

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ फिफाबाट प्रतिबन्धमा परेपछि बाँकी रहेको एक वर्षको कार्यकालका लागि विशेष साधारणसभाबाट नेतृत्व चुनिएको थियो। त्यतिबेला कुँवर उपाध्यक्षमा निर्वाचित भएका थिए। कुँवरले उपाध्यक्षमा दीपक खाती र उपेन्द्रमान सिंहलाई पछि पारेका थिए।

कुँवर पक्षलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको समर्थन छ। शेर्पासँग अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका कुँवरलाई गणेश थापाको पनि समर्थन छ। 

दुवै पक्षले तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। एन्फामा अध्यक्षका प्रत्यासी मणि कुँवरसँग निर्वाचनको तयारी र एजेन्डाबारे नेपाल लाइभका सीताराम कोइरालाले गरेको कुराकानी: 

एन्फा निर्वाचन नजिकिँदैछ। तयारी कस्तो भइरहेको छ?

चुनावको तयारी अन्तिम चरणमा छ। जिल्लाका साथीहरुलाई भेटेर सुझाव लिने काम भइरहेको छ। हाम्रो पक्षमा एकदम राम्रो माहोल पाएको छु।  पहिलाको भन्दा अहिले माहोल सुध्रिएको छ। 
बीचमा हाम्रो पक्षमा केही माहोल बग्रिएको थियो। अहिले विस्तारै हाम्रो पक्षमा साथीहरु आउनु भएको छ। सुझाव दिइरहनु भएको छ। 

एक साताअघि हामी सबै जिल्ला घुमेर आयौं। हामीले सुदूरपश्चिमदेखि पूर्व घुम्मौं। साथीहरु हामीप्रति सकारात्मक हुनुहुन्छ।

नेपाली फुटबलको विकासका लागि तपाईंले अघि सारेका एन्जेन्डा के-के हुन्? 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले भइरहेका कामलाई निरन्तरता दिने हो।  त्यसमा राम्रो व्यस्थापन गरेर अघि बढ्ने हो। प्रतियोगिता, टेक्निकल किमिटि र मार्केटिङ कमिटीलाई बलियो बनाउने हाम्रा मुख्य एजेन्डा हुन्। 

हाम्रा एन्जेन्डामा जिल्ला तथा क्लबका साथीको प्रतिक्रिया पनि राम्रो आइरहेका छन्। 

एन्फा निर्वाचनमा तपाईंका विपक्षीले आफ्नो पक्षको समर्थक सार्वजनिक गरिसेका छन्। तपाईंहरुको आँकलन के हो? 

अहिलेसम्मको स्थितिमा हामी जिततर्फ अघि बढेका छौं। तर, अहिले नै यति भोट भनेर भन्न मिल्दैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विपक्षीहरुले फेसबुकमा लेखेर भोट सार्वजनिक गरेका हुन्। हामीले विपक्षीजस्तो मिडियाबाजी पनि गरेका छैनौं।  मैले आफ्ना साथीभाइको मत लिने प्रयास गरिरहेको छु।प्रतिबद्धता हाम्रो पक्षमा बढी आएका छन्। 

यो पनि पढ्नुहोस् : 'यो निर्वाचनपछि नेपाली फुटबलमा नयाँ युग सुरु हुन्छ'

 

मणी कुँवरलाई जिताएमा नेपाली फुटबलले के पाउँछ? तपाईंलाई नै किन छान्ने?

गत वर्षको निर्वाचनमा उपाध्यक्षमा विजयी भएपछि मैले काम गरेर देखाएको छु। अब निर्वाचित भएको खन्डमा तीन महिनाभित्र नेपाली फुटबल विकासका लागि सबै फुटबल प्रेमीलाई फिल हुनेगरी काम गरेर देखाउँछु। विभिन्न कमिटि बनाएर अघि बढ्छौं। 

विगत लामो समय एन्फा नेतृत्वले संस्थालाई पारिवारिक ढंगले चलाएको र पारदर्शी नभएको भन्ने आरोप छ। तपाईंलाई त्यही पक्षको उम्मेदावार भनिन्छ नि?

आरोप लगाउन सजिलो छ। तर, काम गरेर देखाउन गाह्रो छ। अहिले परिवर्तनका कुरा गरिरहेका साथीहरु विगत २२ वर्षदेखि फुटबलमा छन्। उहाँहरुले लामो समय फुटबलमा काम गर्नु भएको थियो। तर, म फुटबलमा आएको २ वर्ष पनि पूरा भएको छैन। २ वर्षको अवधिमा मैले आफ्नो काम कारबाही गरिरहेको छु, जुन सबैलाई थाहा छ। 

उहाँहरुले लगाएको आरोपमा सत्यता छैन। किनभने उहाँहरु यही संस्थामा बसेर बीसौं वर्ष काम गर्नु भएको हो। अझ उहाँहरुले महत्वपूर्ण पद पनि सम्हालिसक्नु भएको छ। आफूले चाहिँ केही नगर्ने अनि खालि नेतृत्वले मात्र केही गरेन भनेर दोष दिने काम राम्रो होइन। 

तपाई उपाध्यक्ष भएपछि काम गरेको बताउनु भयो। तर, फुटबलको मेरुदन्ड मानिने लिग सञ्चालन हुन सकेन नि?

लिग हामीले गर्न चाहेका हौं। तर, थ्रीस्टारसँगको असहमतिले गर्दा केही ढिला हुन गएको हो। अहिले लिगका लागि हुनुपर्ने सम्पूर्ण तयारी भइसकेको छ। बजेट पनि तय भइसकेको छ। तालिका पनि तय छ। अहिले तुरुन्त लिग गर्न सकिने अवस्था छ। यदि, म अध्यक्षमा विजयी भएको खन्डमा तुरुन्त लिग सञ्चालन हुन्छ। 

फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समर्थन तपाईंलाई छ। के प्रतिबन्धमा परेको व्यक्तिले कसैको पक्षमा लबिङ गर्न मिल्छ? 

गणेश थापा नेपाली फुटबलमा लामो समय काम गरेको मान्छे हुनुहुन्छ। उहाँले फुटबलमा राम्रो मान्छे आउनुपर्छ भन्न सक्नुहुन्छ। 

फुटबल राम्रो हुनुपर्छ भन्ने अधिकार सबैलाई छ। यसलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन। 

अर्कोतर्फ समर्थन गर्ने/नगर्ने आफ्नो कुरा हो। साथीभाइको हिसाबले भेटघाट, कुराकानी गर्न सबैले पाउँछन्। त्यो उहाँले पनि गर्नु भएको हो। 

विपक्षीले फुटबलमा आमूल परिवर्तन गर्ने नारा दिएर समर्थन बटुलिरहेका छन्। तपाईंको बुझाइमा फुटबलमा परिवर्तन के हो ?

नारा मात्र परिवर्तन भएर केही हुँदैन। उहाँहरु नेपाली फुटबलमा बीसौं वर्ष लाग्नु भएकै हो। महत्वपूर्ण पद पनि नपाउनु भएकै होइन। तर, काम गर्नु भएन। विभिन्न बाहानमा नेपाली फुटबललाई अस्थिर बनाउनु भयो। परिवर्तनका नाममा विभिन्न आन्दोलन गर्नु भयो, तर काम गर्नु भएन। लाभको पद लिने अनि काम केही नगर्ने प्रवृत्ति पनि छ। हामी काममा विश्वास गर्छौं। काम गरेपछि आफैं परिवर्तन देखिन्छ। बीसौं वर्ष फुटबलमा बिताएर केही नगर्ने अनि अहिले परिवर्तनको नारा मात्र दिएर हुन्छ?

विपक्षीहरुलाई तपाईंको सन्देश के छ? 

उहाँहरु र मेरो आ–आफ्नै एजेन्डा छन्। व्यक्तिभन्दा नेपाली फुटबलको हितमा काम होस्। फुटबलको विकास होस् भन्ने मेरो चाहाना हो।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
मिदास हेल्थ सर्भिसेजद्वारा माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस सार्वजनिक परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण... मंगलबार, मंसिर ८, २०८३
विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा राम कण्ठ माकजुले संयु... मंगलबार, मंसिर ८, २०८३
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिका... मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्