complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'यो निर्वाचनपछि नेपाली फुटबलमा नयाँ युग सुरु हुन्छ'

64x64
नेपाल लाइभ बुधबार, चैत ७, २०७४  ११:२९
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन्। उनैले चलाएको 'सेभ नेपाली फुटबल' अभियानमार्फत एन्फामा दुई दशक नेतृत्व गरेका गणेश थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई १० वर्ष फुटबलबाट प्रतिबन्धमा परेका थिए। 

आगामी चैत १४ मा हुने एन्फाको कार्यसमितिको निर्वाचनका लागि शेर्पाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनले परिवर्तनको पक्षमा उभिएका व्यक्तित्वलाई समेटेर कार्यसमितिको निर्वाचनका लागि टिम बनाएको बताएका छन्। आगामी साता हुने निर्वाचनमा शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरको समूहबीच प्रतिस्पर्धा हुँदैछ। दुवै पक्षले निर्वाचनको अभियान अन्तिम चरणमा पुर्याचएका छन्। एन्फा निर्वाचनको तयारी र फुटबल एजेन्डको विषयमा नेपाल लाइभका सीताराम कोइरालाले शेर्पासँग गरेको कुराकानी :

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन निजिकिँदै छ। तयारी कस्तो भइरहेको छ?

हामी जिल्ला भ्रमणको अन्तिम चरणमा छौं। बिर्तामोडमा हुने पूर्वको भेलापछि  काठमाडौंमा जम्मा हुन्छौं। त्यसपछि टिम घोषणा तथा साधारणसभामा छलफल गर्ने विषय तय गर्छौं।

जिल्ला भ्रमणका दौरान माहोल कस्तो पाउनु भयो?

अहिलेसम्मको महोल राम्रो छ। नेपाली फुटबल एउटै टिमले सञ्चालन गरे पनि नतिजा दिन सकेन। त्यसैले हाम्रो पक्षमा माहोल बनेको छ। सबै साथीले अब एन्फामा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा राख्नु भएको छ। समग्रमा भन्नु पर्दा परिवर्तनको पक्षमा लहर देखिएको छ। 

देश दौडाहाका क्रममा जिल्ला प्रतिनिधिका अपेक्षा कस्तो पाउनु भयो?

ग्रासरुट स्तरको फुटबल विकास हुन सकेको छैन। प्रशिक्षकले महिनाको ७ हजार तलव खानेबाहेक अन्य विकासका कार्यक्रम हुन नसकेको जिल्लाका साथीहरुको भनाइ छ। जिल्लामा हुने लिग फुटबलमा कुनै उपलब्धि हुन नसकेको गुनासो आएको छ। जिल्लालाई झारा टार्नका लागि लिग गर्न भनिएको साथीहरुको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी बाहेक अन्य कुनै कार्यक्रम नहुँदा जिल्लाका साथीहरु फ्रस्टेड देखिएका छन्। त्यसैले साथीहरुले परिवर्तन हुनुपर्छ भनिरहनु भएको छ। विकेन्द्रीकरणको आधारमा फुटबलको विकास गर्नुपर्ने हाम्रो सोच अब लागू गर्नुपर्छ। यस्तो भएमा जिल्लामा ग्रासरुट स्तरको प्रशिक्षण सञ्चालन गर्न, जिल्ला लिगलाई व्यवस्थित गर्न, जिल्ला फुटबल संघको विधान र आर्थिक नियमावली बनाउन, नियमित साधरणसभा गर्न, प्रशिक्षकलाई नियमित काम गराउन सकिन्छ। एउटा बल किन्न नसक्ने जिल्ला संघको दुर्भाग्य अन्त्य गर्न विकेन्द्रीकरणको सिद्धान्तअनुसार अघि बढ्नुपर्छ। 

जिल्लालाई आर्थिक रुपले सक्षम बनाउन र पूर्वाधार निर्माणका निम्ति काम गर्नुपर्छ भन्ने सामान्य माग छन्। नियमित प्रशिक्षण र प्रतियोगिता गर्नुपर्ने साथीहरुको माग छ। यी सामान्य काम गर्न सके मात्र पनि नेपाली फुटबलमा धेरै परिवर्तन आउँछ। तर, अहिलेसम्म यो हुन सकेको छैन। जिल्लामा फुटबल विकासलाई स्थायी संचरना बनाउने हाम्रो योजना हो। 

जिल्ला भ्रमणका क्रममा तपाईंको पक्षमा समर्थन कस्तो छ? कति जिल्लाले समर्थन गरेका छन्? 

हामीले पोखरामा कार्यक्रम राखेका थियौं। व्यस्तताका वाबजुद ४३ जना भोटरले हामीलाई समर्थन जनाएको एउटै मञ्जबाट प्रतिबद्धता जनाउनु भयो। कार्यक्रममा पर्यपेक्षकसहित ८६ जनाले हामीलाई ऐक्यबद्धता जनाउनु भयो। उहाँहरुले नेपाली फुटबलको परिवर्तनको पक्षमा समर्थन जनाउनु भएको हो। त्यहाँ धेरै साथीहरु उपस्थित हुन सक्नु भएको थिएन। काठमाडौंका क्लबका, मध्यपश्चिम र पूर्वका केही साथी उपस्थित हुन सक्नु भएन। त्यहाँ ४३ जना मात्र उपस्थित हुनु भएको हो तर त्यो भन्दा बढी साथीको समर्थन छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अघिल्लो निर्वाचनमा पनि तपाईंको पक्षमा राम्रै समर्थन भएको भनिएको थियो, तर निर्वाचनमा थोरै मतान्तरले पराजित हुनु भयो। अघिल्लो निर्वाचनबाट कतिको पाठ सिक्नु भएको छ? 

अघिल्लो निर्वाचनमा हाम्रो पक्षमा माहोल थियो। तर, अहिले हामीसँग माहोल र भोटर दुवै छ। भित्री मनदेखि परिवर्तनको पक्षमा लाग्ने साथीहरु हुनुहुन्छ। साथीहरुले परिवर्तनको पक्षबाहेक दोस्रो विकल्प सोच्नु भएको छैन। सबै साथीहरुले प्रतिबद्धता जनाउनु भएको छ। नेपाली फुटबलको विकासका लागि जस्तोसुकै त्याग गर्न सक्ने साथीहरु हाम्रो पक्षमा हुनुहुन्छ। 

चार उपाध्यक्षका लागि ११ जना मात्रको उम्मेदवारी पर्नुले साथीहरुले त्याग गरेको देखिन्छ। यसअघि ३१ जना सम्मले उपाध्यक्षमा उम्मेदवारी दिएको उदाहरण छ। साथीहरुको एउटै उद्देश्य हाम्रो एजेन्डालाई स्थापित गर्नुपर्छ भन्ने छ। एजेन्डा स्थापित भए मात्र नेपाली फुटबल अघि बढ्न सक्छ। 

विपक्षीले पुरानै मानिसले परिवर्तन गर्न सक्दैन भनिरहेका छन्। तपाईंहरुले नेपाली फुटबलमा कस्तो परिवर्तन गर्न खोज्नु भएको हो?

हामीले कार्यशैलीमा आमूल परिवर्तन गर्न खोजेका हौं। यहाँ व्यक्तिको कुरा होइन। २०४६ साल र २०६३ मा भएको जनआन्दोलन गर्ने जनता र नेता एउटै हुन्। राजनीतिक व्यवस्थामा महत्वपूर्ण परिवर्तन भए। फुटबलमा पनि हामीले यस्तै परिवर्तन चाहेका हौं। 

आचरण, कार्यशैली, एजेन्डा र विधिविधानमा परिवर्तन चाहेका हौं। हामी बनाएका भौतिक पूर्वाधारलाई सञ्चालन गर्ने काम गर्छौं। थप भौतिक पूर्वाधार बनाएर त्यसलाई सञ्चालन गर्न सक्ने हौसियत बनाउँछौं। 

यदि फुटबल संघमा निर्वाचित हुनु भयो भने तपाईंका मुख्य एजेन्डा के–के हुन्छन्? 

फुटबल संघलाई नीतिगत रुपमा प्रस्ट पार्ने काम गर्छौं। आर्थिक, प्रशासनिक र नीतिगत पारदर्शिता बनाउने पहिलो काम हुनेछ। लङ र सर्ट टम भिजनका आधारमा फुटबल सञ्चालन गर्छौं। यो काम तीन महिनाभित्र पूरा गर्छौं। 

अर्को काम, विगत लामो समदेखि हुन नसकेको लिग व्यवस्थित ढंगले तत्काल सञ्चालन गर्छौं। होम एन्ड अवे त्यो पनि विकेन्डमा, ६ महिनासम्म सञ्चालन गर्छौं। 

ग्रासरुटमा फुटबल विकास गर्ने हाम्रो अर्को काम हुनेछ। प्रशिक्षण केन्द्र तुरुन्तै सञ्चानल गर्न नीति तर्जुमा गर्छौं। 

यी काम गरेपछि हामी नेपाली फुटबलको रोडम्याप बनाउने काम गर्छौं। यसलाई कार्यान्वयन गर्न फुटबलमा लागेका पदाधिकारीलाई सक्षम बनाउने काम गर्छौं। 

जिल्ला र क्लबका साथीका साथै प्रशिक्षक, खेलाडी र रेफ्रीलाई राम्रो प्रशिक्षण दिलाएर अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउँछौं। 

यस्तै, फुटबलाई प्रविधिसँग जोड्ने काम पनि गर्छौं। खेलाडी दर्ता, अनुबन्धन, स्थानान्तरण गराउने अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर बनाउँछौं। यसलाई सहज र सरल बनाउँदै प्रत्येक खेलाडीलाई अनलाइनमार्फत जोड्ने काम गर्छौं। 

विगत ३ वर्षदेखि लिग हुन नसक्दा खेलाडी, क्लब र फुटबलप्रेमी निराश छन्। तत्काल लिन गर्न नसकिने अवस्था छ भनिन्छ नि?

यदि, हामी फुटबल संघमा आयौं भने तत्काल लिग सञ्चालन गर्छौं। रकम र मैदानको कुनै समस्या छैन जस्तो लाग्छ। लिग गर्नका लागि काठमाडौं बाहिर पनि राम्रा मैदान छन्। यसअघि पनि राजधानी बाहिर लिग भएकै हो। काठमाडौं बाहिर पनि ९–१० वटा राम्रा मैदान हामीसँग छन्। 

लिगका लागि चाहिने रकमको कुनै समस्या छैन। प्रायोजकहरु तयार भएर बसिरहेको अवस्था छ। फुटबलमा व्यवस्थापन राम्रो भएर लगानी गर्छौं भनेर प्रायोजकहरु लाइन लागेर बसेका छन्। फिफाबाट लिगका लागि आएको पैसा फ्रिज भएर बसेको छ।  लिग गर्न पूर्वाधार र रकमको कुनै समस्या छैन, काम गर्ने प्रतिवद्धताको कमी छ। 

लिग र चुनावको कुरा थालेको एक वर्ष हुन लागिसक्यो। लिग हुन सकेन। अब चुनाव हुन लागेको छ। तपाईंहरु निर्वाचनको नतिजा आफ्नो पक्षमा आउनेमा कतिको विश्वस्त हुनुहुन्छ? 

यसपटक हाम्रो पक्षमा नजिता आउनेमा २ सय प्रतिशत ढुक्क छु। 

तर, चुनाव प्रभावित पार्न खोज्ने तत्वबाट सचेत छौं। चुनाव सार्नका लागि केही साथीहरु लागिरहेका छन्। जिल्लामा विवाद सिर्जना गरेर, मुद्दा हालेर चुनाव सार्ने प्रपञ्च भइरहेका छन्। हाम्रो सफा भावनाले गर्दा त्यस्ता प्रपञ्च सफल हुँदैन भन्ने लाग्छ। चैत १४ गते निर्वाचन गराउन सक्यौं भने नेपाली फुटबलमा परिवर्तन हुने निश्चित छ। 

निर्वाचन निष्पक्ष तरिकाले भएको खण्डमा नेपाली फुटबलको नयाँ युग सुरु हुन्छ। 

एन्फा निर्वाचनमा दुई पक्ष देखिएको छ। विपक्षीलाई तपाईंको सन्देश के छ?

निर्वाचन प्रजातान्त्रिक पद्धति हो। यसको आफ्नै विधि र प्रक्रिया छ। यसलाई सम्मान गर्न आग्रह गर्छु। विधिसम्मत तरिकाले प्रतिस्पर्धा गर्न र प्रतिस्पर्धामा जस्तो नजिता आए पनि स्वीकार गर्न आग्रह गर्छु। 

अर्कोतर्फ निर्वाचन रोक्नका लागि दशथरि षडयन्त्र तुरुन्त बन्द गर्न आग्रह गर्छु।

प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्