काठमाडौं- अमेरिकी इलेक्ट्रिक कार उत्पादक कम्पनी टेस्लाले चीनमा समेत आफ्नो उत्पादन प्लान्ट बनाउँदै छ। त्यसका लागि टेस्लाले चिनियाँ बैंकहरुसँग १ अर्ब ४० करोड अमेरिकी डलर (१० अर्ब युआन) लिएको छ।
टेस्ला इलेक्ट्रिक कार उत्पादकको रुपमा छोटो समयमा विश्वभर चर्चामा रहेको छ। चीनको सांघाईमा स्थापना गरिने प्लान्टबाट चीनसहित एसियाली बजारलाई लक्षित गरिएको छ। ५ वर्षमा तिर्ने गरी चाइना कन्स्ट्रकसन बैंक, एग्रिकल्चर डेभलपमेन्ट बैंक अफ चाइना, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना र सांघाई पुडोङ डेभलपमेन्ट बैंकले टेस्लालाई ऋण उपलब्ध गराउन सहमत भएका हुन्।
चिनियाँ बैंकहरुले टेस्लालाई यो वर्षको सुरुवातमै ३ अर्ब ५० करोड युआन ऋण उपलब्ध गराएका थिए। १२ महिनामा फिर्ता गर्ने गरी उक्त रकम उपलब्ध गराइएको थियो। टेस्लाले उक्त ऋण २०२० मार्च ४ मा तिर्नुपर्ने छ। नयाँ ऋण स्वीकृत भएसंगै टेस्लाले चिनियाँ प्लान्टबाट टेस्लाका इलेक्ट्रिक कार उत्पादन हुनेछन्।
इलेक्ट्रिक कार बारे चासो राख्ने र इलेक्ट्रिक कार चढ्ने चाहना हुनेले हालसम्मलाई टेस्लालाई नै ‘ड्रिम’ कारको रुपमा लिने गरेका छन्। भारतको आइआइटी मद्रासका विद्यार्थीहरुसँगको अन्तक्रियामा टेस्लाका सीइओ इनोल मस्कले २०२० सम्ममा भारतीय सडकमा गुड्ने बताएका थिए।
मस्कले भारतमा टेस्ला सार्वजनिक गर्ने कुरा गत मार्चमा ट्वीटमार्फत् उल्लेख गरेकाे थियाे। विश्वभर इलेक्ट्रिक सवारी प्रयोग बढ्दै गएकाले टेस्लाले आफ्नो बजार विस्तार गरिरहेको हाे। भारत सरकारले पनि इलेक्ट्रिक सवारीलाई उच्च प्राथमिकता दिएको छ।
केही महिनाअघि भारत सरकारले इलेक्ट्रिक सवारीमा लाग्दै आएको १२ प्रतिशत जीएसटीलाई ५ प्रतिशतमा सीमित गरेको छ। भारतीय बजारमा टेस्ला मोडल ३ को मूल्य ३५ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ।
सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाको केन्द्रीय कार्यालय भ्रमण गरेका थिए। उक्त समयमा मोदीले टेस्लाको प्लान्ट भारतमा समेत स्थापना गर्न सीइओ मस्कलाई आग्रह गरेका थिए।
चीनको सांघाईमा टेस्लाको गिगाफ्टाक्ट्री स्थापना परिएको हो। यो टेस्लाको अमेरिका बाहीर रहेको पहिलो फ्टाक्ट्री हो। उक्त प्लान्टबाट वार्षिक ५ लाख इलेक्ट्रिक सवारी उत्पादनको क्षमता राख्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।