• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल भ्रमण वर्ष २०२० : सुदूरपश्चिममा भव्य उद्घाटनको तयारी

64x64
नेपाल लाइभ बुधबार, पुस ९, २०७६  १२:२५
1140x725

धनगढी- नेपाल भ्रमण वर्ष २०२० आउन सात दिन बाँकी रहँदा सुदूरपश्चिम प्रदेश सरकारले भव्य रुपमा उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटन दिवसका लागि गठित समन्वय उपसमितिले सांस्कृतिक झाँकी तथा र्‍याली सहित उद्घाटन गर्ने जनाएको छ।

भ्रमण वर्ष मनाउन गठित सुदूरपश्चिम प्रदेश मुल आयोजक समितिले उद्घाटनका क्रममा धनगढीको ट्राफिक चौराहदेखि सहिद गेट तथा क्याम्पस रोडलगायतका स्थानबाट शोभार्‍याली निकाल्ने कार्यक्रम रहेको जनाएको छ। नेपाल भ्रमण वर्ष  २०२० को उद्घाटन दिवस मनाउन सम्पूर्ण व्यवस्थापन गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन ईकाई प्रमुख किशोर अर्यालको संयोजकत्वमा सात सदस्यीय विशेष कार्यदल गठन गरिएको छ। कार्यदलमा नेपाल प्रहरी, समन्वय उपसमिति,  प्रचार-प्रसार उपसमिति, धार्मिक तथा सांस्कृतिक उपसमिति, कैलाली उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ र नाटा सुदूरपश्चिम प्रदेश सदस्य रहेका छन्।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, सरकारी अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, निजि क्षेत्र, संगठित संघसंस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा क्लव आदिको सहभागिता रहने जनाइएको छ।

‘प्रत्येक जिल्लाको प्रतिनिधित्व हुने गरी स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, स्थानीय कलाकारहरुको प्रस्तुती लगायत साँस्कृतिक कार्यक्रम समावेश गरिने निर्णय भएको’ उल्लेख छ। त्यस्तै, एक निकाय एक अभियान संचालन गर्न सबै सरकारी, गैरसरकारी, निजी क्षेत्रलगायतका सरोकारवालाहरुलाई आह्वान गर्ने, प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालयहरुलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गर्ने लगायतको निर्णय भएको जनाइएको छ।

प्रदेश भ्रमण वर्षको लोगो पारित
सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिले प्रदेश भ्रमण वर्षको लोगो अनुमोदन गरेको छ। पर्यटकीय गतिविधि झल्काउन आवश्यकता अनुसार प्रचार-प्रसार उपसमितिले समितिको बैठकमा पेश गरेको ‘देवभूमी सुन्दरभूमी’ अंकित लोगो अनुमोदन गरेको हो।

 

सो लोगोको किनारामा नेपालको झण्डाको संकेत गर्ने निलो, रातो र सेतो रंगको घेरा छ। अपि र सैपाल हिमाल सिरानमा रहेको छ भने देवभूमीको संकेत गर्ने गरी मन्दिरको स्केच राखिएको छ। सांकेतीकरूपमा तराइ, पहाडी–हिमाली संस्कृती झल्कने महिला र पुरूषको स्केचका साथै यस प्रदेशको प्रकृतिमा आधारित पर्यटकीय आकर्षण एवं मानव निर्मित पर्यटकीय आकर्षणहरु समेत प्रस्तुत हुने गरी तयार पारिएको छ। सो लोगोमा ‘देवभूमि सुन्दर भूमि’को नारा उल्लेख गरी प्रदेशको नाम समेत लेखिएको चिन्ह रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

फेसबुक पेज सञ्चालन गरिने 
प्रदेशमा पर्यटकलाई आकर्षण गर्न नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरिय पर्यटन प्रवर्द्धन समितिको फेसबुक पेज संचालन गरिने निर्णय गरिएको छ। प्रदेशका पर्यटन गतिविधिहरुको सामाजिक संजाल मार्फत प्रचार-प्रसार गर्न, पर्यटन सम्बन्धी जानकारीमूलक सूचना, गतिविध तथा तस्बिरहरु पोष्ट गर्न मूल समितिको मातहतको प्रचार-प्रसार उपसमितिका संयोजकको जिम्मेवारीमा संचालन हुने गरी फेसबुक पेज संचालन गरिने निर्णय भएको हो।

पाँच वटा स्वागतद्वार बनाइने
नेपाल भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिमका पाँच स्थानमा स्वागत द्वार निर्माण गरिने निर्णय भएको छ। प्रदेशको गड्डाचौकी, धनगढी भन्सार, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्ने समितिको बैठकले निर्णय गरेको हो।

यस्तै, सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तब्यहरु झल्कने गरी तस्बिरहरु प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङबोर्ड निर्माण गर्ने, प्रदेशका सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी पर्यटकीय गन्तब्यहरुको फोटो, यस प्रदेशको कला संस्कृती झल्काउने तस्बिर, यस प्रदेशका पुरातात्वीक सम्पदाहरु झल्कने तस्बिरहरु समावेश हुने गरी प्रचार-प्रसार उपसमितिले तस्बिरहरु संकलन गरी फोटोमा क्रेडिड उल्लेख गराइ स्टीकर, पोष्टर, ब्याच, होर्डङबोर्डलगायतका उत्पादन गर्ने उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रभावकारी हुने गरि उद्घाटन कार्यक्रमः मुख्यमन्त्री
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई प्रभावकारी बनाउने तर्फ ध्यान दिन आग्रह गरेका छन्। ‘सुरुवातमै नराम्रो भएपछि राम्रो गरेपनि सन्देश नकारात्मक जान्छ,' सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले हामीले पहिलो कार्यक्रमलाई राम्रो बनाउने तर्फ ध्यान दिउ। वर्षभरी नै भ्रमण वर्ष रहेकाले अन्य कार्यक्रम तयारी गर्न छलफल गरिराखौंला।’

उनले सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावना बोकेको प्रदेश भएपनि प्रचार नहुँदा ओझेलमा रहेको बताए। ‘यो प्रदेश सांस्कृतिक, भौगोलिक, धार्मिक, एतिहासिकलगायतका विभिन्न पर्यटकीय स्थलहरुमा धनी छ,’ उनले भने 'तर, प्रचार–प्रसार प्रभावकारी नहुँदा पर्यटक भित्र्याउन सकेका छैनौं।’

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भनिन् ‘पर्यटकलाई सहज भएका पर्यटकीय स्थलमा घुमाउने, सम्भाव्यता पहिचान भईसकेका स्थानमा भौतिक संरचना निर्माण गर्ने र थप नयाँ पर्यटकीय सम्भाव्यताको अध्ययनको कार्यलाई अघि बढाउने मन्त्रालयको योजना रहेको छ।’ उनले प्रदेशमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र भएपनि भौतिक पूर्वाधार नहुँदा समस्या भइरहेको बताइन्। मन्त्री भट्टले भनिन् ‘तत्कालै पर्यटकलाई जहाँ सहज छ। त्यस स्थानको प्रचार-प्रसार गरिनु पर्छ।’ 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड मंगलबार, कात्तिक २४, २०८३
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्