काठमाडौं- नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गर्न निर्देशन दिएको छ।
मंगलबार राष्ट्र बैंकले 'क','ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन जारी गरेको हो।
बैंकले जारी गरेको एकीकृत निर्देशन २०७६ को बुँदा नम्बर ४० मा संशोधन गर्दै घरजग्गा लगायत आवधिक कर्जामा कडाई गर्न निर्देशन दिएको हो।
बैंकले गैर व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानीको अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्न पछिल्लो निर्देशन दिएको छ।
घर जग्गा र हायर पर्चेज लगायतका कर्जा गैर व्यवसायिक कर्जा हुन्।
यसका लागि ऋणीको आय स्रोत खुल्ने काजगात समेत संलग्न गराउन निर्देशन जारी गरिएको छ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।