काठमाडौं- सिजी इलेक्ट्रोनिक्सले एलजीको आर-३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा भित्र्याएको छ।
वातावरणमा कम असर पार्ने यस्ता एसीले विद्युतीय ऊर्जा समेत कम खपत गर्ने विशेषता रहेको कम्पनीले जानकारी दिएको छ।
यो एसीमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले खियालगायतको समस्यासमेत कम गर्ने विशेषता छ।
डुअल कम्प्रेसर भएको यस एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्ने दाबी गरिएको छ।
एलजीका एयर कन्डिस्नरमा १० वर्षको वारेन्टी छ।
एलजीको आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।