• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्तोषका ९९ गोल

64x64
सराेज तामाङ मंगलबार, पुस ८, २०७६  १९:४९
1140x725

काठमाडौं- सन्तोष साहुखल। नेपाली फुटबलका स्टार स्ट्राइकर। अझ भनौं लिगमा एक सय गोल पुर्‍याउन एक कदममात्रै पछि रहेका कीर्तिमानी खेलाडी।

‘सय गोल गर्दै छु भनेर धेरै उत्साहित हुनुभन्दा पनि अझ धेरै गोल गरौं भन्नेमा छु’, सन्तोषले भने। 

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् सन्तोष। उनले अहिलेसम्म विभिन्न क्लबबाट ९९ गोल गरेका छन्। शतक गोलबाट मात्र एक गोल पछि। २०६० देखि थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सन्तोष घरेलु प्रतियोगितामा सर्वाधिक सफल खेलाडी हुन्। जारी लिगमा उनले दुई खेलमा तीन गोल गरिसकेका छन्। संकटाविरुद्ध च्यासल युथ क्लबले २–० गोलको जित निकाल्दा दुवै गोल कप्तान सन्तोषको थियो। त्यसपछि मछिन्द्र क्लबविरुद्धको बराबरी खेलमा पनि सन्तोषले गोल गरे।

नेपाली फुटबलका रोल मोडल सन्तोष भन्छन्, ‘यो सिजनमा मात्रै १५–१६ गोल गर्ने लक्ष्यमा छु।’

बिहीबार च्यासलले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ। यही खेलमा सन्तोषले लिगमा सय गोल पूरा गर्ने लक्ष्यमा छन्।

सय गोल पूरा गरेपछि कस्तो तरिकाले खुसीयाली मनाउनु हुन्छ? उनको जवाफ हुन्छ, ‘साधारण, पहिलाजसरी नै।’

परिवार नै थ्रीस्टार

बाबा बालकृष्ण र आमा सुन्दरीलक्ष्मीको कोखबाट जन्मिएका कान्छा छोरा हुन् सन्तोष साहुखल। उनका दाइ हुन् बालगोपाल।

Ncell 2
Ncell 2

दाइसँग खेल्दाखेल्दै फुटबलमा होमिए सन्तोष। र, आफूलाई यहाँसम्म ल्याइपुर्‍याउन आफ्नै दाइको मुख्य भूमिका रहेको बताउँछन्। बाबा पनि फुटबल क्रेजी। बेलाबखत सन्तोषलाई लिएर दशरथ रंगशालामा फुटबल हेर्न आउँथे।

अरुले खेलेको देख्दा सन्तोषलाई त्यो रंगशालामा खेल्ने इच्छा तीव्र हुन्थ्यो र मनमनै भन्ने गर्थे– म फुटबल खेल्छु। ‘बाबाले सानैदेखि खेलहरु हेराउन लैजानुहुन्थ्यो। बाबासँग दशरथ रंगशालामा फुटबल खेल हेर्न आउँदा मनमनै लाग्थ्यो यो रंगशालामा एक दिन म पनि फुटबल खेल्नेछु’, पुराना दिन सम्झिन्छन् उनी। 

बिस्तारै खेल्दै गए। सिक्दै गए। प्लेटफर्मको रुपमा थ्रीस्टार क्लब पाए, जसले गर्दा सन्तोष अहिले यो स्थानमा छन्।

सन्तोषले क्लब यात्रा थ्रीस्टारबाट सुरु गरे। २०६०, २०६२, २०६३, २०६६–६७, २०६९ र २०७० गरी ६ सिजन थ्रीस्टारबाटै ए डिभिजन लिग खेले।

अझै पनि उनलाई थ्रीस्टार परिवार लाग्छ। थ्रीस्टारका पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको योगदान उनी कहिल्यै भुल्न सक्दैनन्। भन्छन्, ‘अहिले पनि म परिवारकै रुपमा मान्छु थ्रीस्टारलाई। ललितकृष्ण श्रेष्ठले मलाई निकै सहयोग गर्नु भयो। सबै कुरामा नै साथ दिनुभयो, आफ्नै बच्चाजसरी।’

‘राष्ट्रिय टिम फर्किन्छु’

सन्तोषले सन् २००७ मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरे। विश्वकप छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा सन्तोष खेलको ७२औं मिनेटमा जुमानु राईको स्थानमा मैदानमा प्रवेश गरे।

३४ क्यापमा ३ गोल गरेका सन्तोष २०१५ देखि राष्ट्रिय टिमबाहिर छन्। काठमाडौंमा भएको विश्वकप छनोटको भारतविरुद्धको खेलपछि राष्ट्रिय टिम बाहिर छन्।

उनलाई राष्ट्रिय टिमबाट खेल्ने इच्छा नभएको भने होइन। इच्छा छ। योजना छ। तर व्यस्तताले समय मिलिरहेको छैन। यदि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएमा राष्ट्रका लागि अझै खेल्न तयार रहेको उनी बताउँछन्। भन्छन्, ‘राष्ट्रिय टिमबाट खेल्ने इच्छा छ। तर म जापानमा बसेर पनि काम गरिरहेको छु। तालिका मिल्यो भने खेल्छु।’

नेपाली टिममा परेका बेला पनि सन्तोष अधिकांश समय बेन्चमै रहे। घरेलु फुटबलमा चामत्कारिक नतिजा निकाल्ने खेलाडी बेन्चमा किन? सन्तोष सम्झिन्छन्, ‘मेरो आफ्नै स्टाइल थियो। कोचहरुले चाहिँ जो कुद्न सक्छ। जो खट्न सक्छ त्यसैलाई प्राथमिकतामा राख्नुहुन्थ्यो। तर लिगमा चाहिँ क्लबका प्रशिक्षकले त्यति दबाब दिँदैन थिए। म आफ्नै हिसाबले खेल्न पाउँथे। त्यही भएर धेरै गोलहरु निस्कियो।’

सारथी दाजु

‘नम्बर ९ स्ट्राइकर थोरै नै छन्। जुमानु राई, वसन्त थापा र निराजन रायमाझी जर्सी नम्बर ९ मा देखिने राम्रा स्ट्राइकर हुन्। अहिलेको युवा पुस्तामा जर्सी नम्बर ९ खेलाडी देखेको छैन। सन्तोष नेपाली फुटबलको बेष्ट स्ट्राइकर भन्छु म’, उनका दाइ बालगोपाल भन्छन्।

दाइ बालगोपालसँग सन्तोष साहुखल

सन्तोषको जुन खुबी छ। त्यो नै उनको गहना हो, जुन अरु खेलाडीमा नहुन सक्छ। सबैमा एउटै खुबी हुन सक्दैन। सन्तोष यो सबैको श्रेय दाइलाई दिन्छन्।

यता, दाइ बालगोपाल सन्तोषको खुबी राष्ट्रिय टिमका प्रशिक्षकले बुझ्न नसकेको तर्क गर्छन्। भन्छन्, ‘सुरुमा सन्तोषले लिगहरुमा राम्रोसँग गोल गर्‍यो। तर राष्ट्रिय टिममा चाहिँ प्रशिक्षकहरुले उनको खुबी नै बुझ्न सकेनन्।’

सन्तोषलाई थ्रीस्टार क्लबबाटै ए डिभिजन लिग खेल्ने इच्छा नभएको भने होइन। तर थ्रीस्टारले नबोलाएपछि उनी च्यासल क्लबमा जोडिन आइपुगे। जहाँ उनकै दाइ बालगोपाल मुख्य प्रशिक्षक छन्।

‘हामीसँगै हुर्किएका हौं। उमेरमा पनि खासै फरक छैन। तर खेल्दा हामी दाजुभाइजस्तो हुँदैैनौं। भिडेरै खेल्छौं,’ बालगोपाल थप्छन्, ‘हामी एक अर्काबीचमा मुखले चाहिँ भन्दैनौं तर व्यवहारले माया देखिन्छ। हामी जतिसक्दो सहयोग गर्छौ।’

दाइ–भाइको च्याम्पियन लक्ष्य

च्यासल युथ क्लबले ए डिभिजन लिग दोस्रोपटक खेलिरहेको छ। २०७५ सालमा डेब्यु गरेको च्यासलमा दाइ बालगोपाल प्रशिक्षक छन् भने सन्तोष कप्तान। र, दुवैको लक्ष्य छ लिग च्याम्पियन।

जापानमा जे–८ लिग खेल्ने गरेका सन्तोष नेपालमा लिग हुँदा नेपाल आएर खेल्ने मुडमा थिए। त्यहीबेला उनीसँगै खेलेका शंकर व्यञ्जनकारसँग कुरा भयो। शंकर च्यासलका टिम म्यानेजर छन्।

दाजु प्रशिक्षक, भाइ कप्तान बालगोपाल र सन्तोषलाई योभन्दा राम्रो अवसर कहाँ मिल्छ र? 

प्रशिक्षक बालगोपाल भन्छन्, ‘सन्तोषले आफ्नो पोजिसन ड्युटी राम्रोसँग निभाउँछ। सन्तोष टिममा भएका कारण मलाई निकै सजिलो भएको छ। मैले बेष्ट स्ट्राइकर पाएको छु। सन्तोष नभएको भए मैले अफ्रिकन प्लेयरलाई फरवार्डको जिम्मा दिनुपथ्र्यो।’
सन्तोषलाई ए डिभिजन लिगमा सबै क्लब साधारण नै लाग्छ। भन्छन्, ‘सबै साधारण छन्। मछिन्द्र क्लबचाहिँ अलिक राम्रो देख्छु। बल नियन्त्रणमा राखेर खेल्ने प्रयास गर्छ। अरु टिम भनेको ‘आयो गोर्खाली’ भनेजस्तो स्टाइलको छ। अहिले मछिन्द्र र च्यासलले केही राम्रो गर्न खोजिरहेको छ।’

ब्युँतिएको लिग, तर खाली रंगशाला! पहिलोको जस्तो दर्शकविना नै खेल्दा खल्लो लाग्ने त छँदैछ। तर खेल्दै गर्दा उनलाई नेपाली टिमका पूर्व कप्तान हरि खड्कासँग खेलेका याद भने नआउने होइन। हरि खड्कासँग खेल्दा निकै सजिलो महसुस हुने भन्न उनले छुटाएनन्। 

‘मैले खेलेकामध्ये हरि खड्का दाइसँग निकै सजिलो भयो। उहाँले मुभहरु बुुझिहाल्नु हुन्थ्यो जुन अरु खेलाडीले बुझ्न निकै गाह्रो पर्छ। हरि दाइले आइकन्ट्याक हुँदा नै बलहरु राम्रोसँग पास दिनुहुन्थ्यो। अहिले त्यस्ता खेलाडीको अभाव महसुस हुन्छ।’

सन्तोष साहुखलले लिगमा गरेका गोल

  • २०६०ः थ्रीस्टारक्लब (६ गोल)
  • २०६१ः एपीएफ क्लब (६ गोल)
  • २०६२ः थ्रीस्टार क्लब (९ गोल)
  • २०६३ः थ्रीस्टार (११ गोल)
  • २०६६/६७ः थ्रीस्टार (१९ गोल)
  • २०६८ः मनाङमस्र्याङ्दी क्लब (१६ गोल)
  • २०६९ः थ्रीस्टारक्लब (१७ गोल)
  • २०७०ः थ्रीस्टारक्लब (९ गोल)
  • २०७५ः च्यासल युथ क्लब (३ गोल)
  • २०७६ः च्यासल युथ क्लब (३ गोल)
     

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले देउवा पक्षलाई पठायो ८ बुँदे प्रस्ताव बुधबार, पुस ३०, २०८२
प्रधानमन्त्रीलाई बुझाएको एनसेलको पत्रमा के छ? बुधबार, पुस ३०, २०८२
नेपाल आयरल्यान्डसँग पराजित बुधबार, पुस ३०, २०८२
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्