काठमाडौं– नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन भएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीको ४ वर्षे कार्यकाल सकिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो।
डिसेम्बर २३ अर्थात् पुस ७ गते सोमबारदेखि जोशीको कार्यकाल सकिएको छ। नेपाल भ्रमण वर्ष २०२० उद्घाटन हुन ८ दिन मात्र बाँकी रहेको अवस्थामा बोर्ड नेतृत्वविहीन भएको हो।
केही समय अगाडि नै नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले नेपाल भ्रमण वर्ष २०२० को तयारीसँगै बोर्डलाई नेतृत्वविहीन हुनबाट जोगाउन जोशीको कार्यकाल ३ महिना थप गर्ने निर्णय गरेको थियो।
तर जोशीले ३ महिना समय थपको पत्र बुझ्न अस्वीकार गरेका छन्।
‘पर्यटन बोर्डको सिइओमा दोस्रो पटक पूरा कार्यकालका लागि आफू प्रतिस्पर्धा गर्न नपाउने भएपछि उहाँले ३ महिनाका लागि सिइओ बन्न अस्वीकार गर्नुभएको हामीले बुझेका छौँ,' सञ्चालक समितिका एक सदस्यले नेपाल लाइभसँग भने।
जोशीको कार्याकाल सकिएसँगै बोर्डको निमित्त प्रमुख नन्दिनी थापाले पाएकी छन्।
बार्डका सिइओ नियुक्तिका लागि पनि सरकारले २१ दिनको समय दिएर आवेदन खुल्ला गरेपनि नयाँ सिइओ आउन भने अझै १ महिनाभन्दा बढी समय लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।