काठमाडौं- मन्त्रिपरिषदले प्रधानमन्त्रीको सचिवालयका सदस्यको संख्या कटौती गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्चमा कटौती गरी आर्थिक मितव्ययिता अपनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य घटाउने निर्णय गरेको हो।
प्रधानमन्त्रीको सचिवालयमा यसअघि ४७ जनासम्म सदस्य रहने गरेकोमा घटाएर २८ जना कायम गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
राजनीतिक दलका कार्यकर्ताको व्यवस्थापनका लागि भन्दै यसअघिका प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदै आएका छन्। सचिवालयका सदस्यको तलब-सुविधामा राज्य कोषबाट करोडौं रकम खर्च हुँदै आएको थियो।
त्यस्तै, प्रधानमन्त्रीले सरकारलाई सुझाव दिन ५ समिति बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति निर्माण गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।