• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

साउदी जेलबाट फिर्ता पाएको नाफाको जिन्दगी...

64x64
निर्मला घिमिरे मंगलबार, पुस ८, २०७६  १४:०६
1140x725

काठमाडौं-  राम्रो कमाइ हुन्छ भन्ने सुनेपछि सुन्दर भविष्य कल्पँदै साउदी उडेका थिए चितवनका जलेश्वर महतो। तर ५ वर्षपछि २०७६ मंसिर २६ गते फर्कँदा उनीसँग लगाएको एकसरो कपडाबाहेक केही थिएन। त्यतिले पनि परिवारलाइ असिम खुसी दिएको थियो। कारण उनी साउदीमा मानिस मारेको अभियोगमा थुनिएका थिए र मृत्युदण्डको छेवैबाट बल्लतल्ल फुत्किएका थिए।

‘सबैले भन्थे तिम्रो छोरालाई अब विदेशको जेलमै मारिदिन्छन्, मेरो छोरा फर्केर आयो,’ जलेश्वर फर्किएपछि निकै हर्षित मुद्रामा आमा मुलई महतोले सुनाइन्।

२०७१ साउन ११ गते सिनामंगलस्थित जेआर म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिइ साउदी उडेका जलेश्वर अल क्वारायत अल जउफ कम्पनीमा हेभी ट्रक चालकका रुपमा पुगेका थिए। 

तर, त्यहाँ उनले सोचेजस्तो सहज भएन। कम्पनीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  दिएन। सिधै काममा लगाउन थाल्यो। बिना लाइसेन्स सवारी चलाउनु कानुनविपरीत हुन्छ भन्ने जलेश्वरलाई थाहा थियो। ‘मसँग नेपालको लाइसेन्समात्रै थियो, त्यहाँ ड्राइभिङ गर्न त्यहीँको लाइसेन्स चाहिन्छ, कम्पनीले लाइसेन्स नबनाइ काममा खटाएपछि मैले म्यानपावर कम्पनीलाई खबर गरिदिन भनेको थिएँ। म्यानपावरले बेवास्ता गर्यो,’ जलेश्वर भन्छन्।

म्यानपावरले आफ्नो कुरा नसुनेपछि कम्पनीले भने अनुसारको काम गरिरहेका थिए जलेश्वर। 

एकदिन साउदीको मुख्य सडकमा ट्रक हाँकिरहेका थिए। भनिन्छ, ‘दशा बाजा बजाएर आउँदैन ।’  जलेश्वरको जीवनमा पनि त्यस्तै दशा आइलाग्यो। ‘मेरो ट्रकको पछाडी अचानक एउटा कार आएर ठोक्कियो, कारमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भयो। मलाई प्रहरीले समातेर लग्यो।’ दुर्घटनाको कथा सुनाउँदा जलेश्वर काँपिरहेका थिए।

‘मैंले उसको कारमा ठोक्काएको होइन। मेरो ट्रकमा उसको कार आएर ठोक्किएको हो,’ जलेश्वरले सुनाए। लाइसेन्सविना ट्रक चलाएको मान्छेको कुरा कसले सुन्ने? त्यहाँनेर जलेश्वरकै गल्ती देखियो। 

साउदीको कानुनअनुसार हत्याको अभियोग लागेका व्यक्तिलाई मृत्युदण्डको सजायँ हुन्छ। पीडित पक्षका आफन्त वा परिवारले माफी नदिएसम्म कसैको केही उपाय लाग्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

‘मेरो बाँकी जीवन मृतकका आफन्तका हातमा थियो। उनीहरुले फाँसी नै दिनुपर्ने अडान राखेका भए फाँसी चढ्नुको विकल्प थिएन। जिन्दगी अब यतिसम्मका लागि मात्रै रहेछ भनेर सोचिसकेको थिएँ,’ जलेश्वरले भने।

उनलाई विना लाइसेन्स काम लगाउने कम्पनीले पनि साथ दिएन। उल्टै सोझा जलेश्वरमाथि घात गर्‍यो। मेरो कम्पनीबाट भागेर सवारी चलाएको भन्ने पत्रमा जलेश्वरलाई हस्ताक्षर गराएर कम्पनी पन्छियो। मृतकका परिवार ब्लडमनीमा सहमत भएपछि अदालतले जलेश्वरलाई २ महिना कैदसहित ३ लाख साउदी रियाल ९९० लाख नेपाली रुपैयाँ भन्दा बढी० जरिवाना तिनुपर्ने आदेश सुनायो।

उनी मृत्युदण्डबाट त बँचे। तर, साहुबाट २ लाख रुपैयाँ ऋण लिएर परदेश हिँडेका जलेश्वरका लागि जेलबाट मुक्त हुन ९० लाख रुपैयाँ कसरी जुटाउने? सोच्नै नसक्ने कुरा थियो। 

Xtrem

Xtrem

यता तिम्रो छोरालाई फाँसी दिएर मार्छन् रे भन्ने खबरले विक्षिप्त बनेकी जलेश्वरकी आमा वडा कार्यालय, जिल्ला हुँदै सिंहदरबारको ढोकासम्म पुगिन्। सरकारी निकाय कतैबाट सहयोग नहुने भएपछि उनी रित्तै फर्किइन्। ‘छोरा परदेशको जेलमा, आफू रुँदै हिंडे, जलेश्वरको बुबा धेरै सोझो हुनुहुन्छ। उहाँलाई यस्ता केही कुरा थाहा हुँदैन’ आमा मुलईले सुनाइन्।

जेल सजायँ भुक्तान अवधि २ महिना सकियो। ब्लडमनी नहुँदा जलेश्वर जेलमै बस्नुपर्ने बाध्यता भयो। परदेशको विरानो ठाउँ त्यसमाथि पनि जेलको भुँइमा। उनका लागि सहज थिएन। ‘म भएको जेलमा अर्का एकजना नेपाली पनि हुनुहुन्थ्यो, बडो मुस्किलले जीवन चलिरहेको थियो‚’ उनले सुनाए।

पछि मृतकका परिवारले ब्लडमनीको आधा रकम मिनाहा गरिदिए। उनले १ लाख ४८ हजार ९ सय ५८ साउदी रियाल अर्थात् ४२ लाख ६० हजार १ सय ९८ रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने भयो। सुकुम्‍बासी परिवारका लागि ४२ लाख जम्मा गरेर छोरालाई साउदी जेलबाट निकाल्ने काम सहज थिएन। तर, सामाजिक संस्था मिसन चितवनले जलेश्वरको पारिवारिक अवस्था देखेर जलेश्वर बचाउ अभियान सुरु गर्‍यो। गत असार १८ गते मिसन चितवनको पहलमा ३८ लाख १५ हजारको चेक जलेश्वरका बुबा सुकराम महतोलाई हस्तान्तरण गरियो। 

बाँकी रकम गैरआवासीय नेपाली संघ साउदीले सहयोग गर्यो। परराष्ट्र मन्त्रालय हुँँदैँ दूतावासमार्फत् अदालतमा पेश भएपछि जेलमै ३ वर्ष बिताएका जलेश्वर गत मंसिर २६ गते नेपाल फर्किए। 

‘जेठो छोराले हामीलाई छाडेर गइहाल्यो, कान्छो छोराको बाटो कुर्दाकुर्दा बल्ल आइपुग्यो’, छोरालाई लिन काठमाडौं आएकी आमाले मुस्काउँदै भनिन्।

जलेश्वरका दाइ छुट्टिएर बेग्लै बस्छन्। ‘अब छोरालाई बाहिर पठाउँदैनौं,’ आमा मुलई भन्छिन्, ‘बरु पैसा चाहिँदैन। सकुन्जेल दुःखसुख यही गर्छ छोराले।’ 

‘सबैको सहयोगले मुस्किलले बाँचेर फर्कन पाएँ, पहिलो विदेशयात्रा नै मेरो लागि राम्रो भएन,’ जलेश्वर भन्छन्, ‘बरु सुखदुःख अब नेपालमै काम गर्छु।’ 

 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्