एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको छ।
१८ जना घाइते भएको र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बिबिसीले जनाएको छ।
काबुल विश्वविद्यालय र अलि अबाद अस्पताल नजिक विस्फोट भएको हो। काबुलमा फारसीहरुको नयाँ वर्ष नवरोज मनाइरहेको समयमा विस्फोट भएको हो।
मस्जिद नजिकै एक आत्मघाती आक्रमणकारीले आफूलाई उडाएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।