काठमाडौं– चैत २३ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म 'तिमीसँग'को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको भिडियो सार्वजनिक गरिएको हो। केही दिनअघि सार्वजनिक भएका फिल्मको ट्रेलर र ‘लडेँ लडेँ समाऊ मलाई’ बोलको गीतले राम्रो प्रतिक्रिया पाइरहेका बेला शीर्ष गीत सार्वजनिक गरिएको हो।
लेखु सहयात्रीले लेखेको शीर्ष गीतमा राहुल मुखर्जीको संगीत तथा राहुल र मधुरा भट्टाचार्यको स्वर छ। गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय छ। घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेसक्याम जस्ता रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन्।
कार्यक्रममा अतिथिका रुपमा सहभागी कलाकार दीपाश्री निरौलाले गीतबारे प्रतिक्रिया दिँदै 'आगो' बनेको बताइन्। उनले गीत टिनएजर दर्शकको रोजाइमा पर्ने उल्लेख गरिन्।
फिल्म युनिटले शीर्ष गीतको भिडियोसहित फिल्ममा समावेश ५ गीतको एल्बम पनि सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।