काठमाडौं- साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। सोमबार परिसूचक १७ दशमलव ७७ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ५८ को बिन्दूमा पुगेको छ।
१ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३ सय ६३ कित्ता सेयर ८ हजार ९३ पटक खरिदबिक्री हुँदा ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०९ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै जीवन बिमा समुहको उपसुचक १ सय ७० दशमलव ८८ अंकले बढेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै ५ करोड ८५ लाखभन्दा बढी कारोबार भएको छ। त्यस्तै नबिल बैंकको ४ करोड ९९ लाख र नेपाल बैंक लिमिटेडको ४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा बढी कमाउनेमा नागरिक लगानी कोषका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव १ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।