नुवाकोट- नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय भेला आजदेखि नुवाकोटमा हुँदैछ।
भेलामा निर्वाचन पराजयको समीक्षा तथा पार्टी शुद्धीकरण लगायतका विषयमा छलफल हुने कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए। उनका अनुसार भेलाले गहन समीक्षा गरी गुटबन्दी अन्त्य र पार्टीको संरचना परिवर्तन लगायतका विषयमा नेतृत्वलाई सुझाव दिनेछ।
भेलामा देशभरका कोषाध्यक्षहरु सहभागी हुनेछन् भने जिल्ला सभापति, केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिलाई समेत बोलाइएको छ। महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतका केन्द्रीय तहका नेताहरु पनि भेलामा सहभागी हुने नुवाकोटका कोषाध्यक्ष महेन्द्र थिङले बताए।
भेलाको पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।