फलेवास– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धि भएको बताएका छन्।
राष्ट्रियसभामा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले मंगलबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुलुकलाई स्थिरता प्रदान गर्नका लागि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए।
उनले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानून निर्माण गरेमा सबै तहमा काम गर्न सहज हुने जिकिर गरे। राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले कृषि, पर्यटन, जलस्रोत र खानीको अपार सम्भावनाको उपयोग गरी समृद्ध राष्ट्र बनाउनका लागि आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।