काठमाडौं– नेपाली कांग्रेसको मुख्य सचेतकमा बालकृष्ण खाँड नियुक्त भएका छन्।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले खाँडलाई मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी दिएका हुन्।
'नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा माननीय सांसद बालकृष्ण खाँडलाई नियुक्त गरेको छु', सभापति देउवाले ट्वीट गरेका छन्, 'बधाई तथा सफल कार्यकालको शुभकामना!'

खाँड समानुपातिक तर्फबाट सांसद भएका हुन्।
कांग्रेसमा संसदीय दलको नेताले प्रमुख सचेतक नियुक्त गर्ने व्यवस्था छ। फागुन २१ मा भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा देउवा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।