संखुवासभा– संखुवासभाका दुई प्रहरी १ लाख रुपैयाँ घुस असुलेका छन्।
सालकको खपेटा तस्करीमा संलग्न व्यक्तिलाई एक लाख रुपैयाँ घुस लिएर छाडिदिने जवानद्वय प्रकाश कार्की र रुद्रबहादुर बस्नेतमाथि कारबाही सुरु भएको हो।
उनीहरुलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाइएका डिएसपी सन्तोष खड्काले बताए।
भोटखोला गाउँपालिकामा रहेको स्याक्सिला गोला प्रहरी चौकीमा कार्यरत उनीहरुले एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि निलम्बन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।