काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यान्वयन गर्न सकिने संगठनको कार्ययोजना तयार पार्न पार्टीका संगठन प्रमुखहरुलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको पाँच संयोजित संगठनका अध्यक्षको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बैशाखमा हुने केन्द्रीय परिषदमा आ-आफ्नो संगठनको कार्ययोजना तयार गर्न निर्देशन दिएका हुन्।
‘कार्ययोजना कागजमा होइन, व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको तयार गर्नुस्’, बैठकमा अध्यक्ष थापाले भने, ‘समसामयिक परिस्थिति, हिजोका कमजोरीको समीक्षा गर्दै अबका दिनमा नयाँ ढंगले पार्टी अगाडि बढ्छ।’
बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, नेपाल शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डे र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका नेता तथा पार्टीका केन्द्रीय सदस्य श्रवणकुमार नेपालीले आ–आफ्नो संगठनको वर्तमान परिस्थिति, विगतका कमजोरी र अगामी दिनमा संगठनलाई चुस्त बनाउन लागिपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।