काठमाडौं– गायक जेम्स प्रधानको सोलो एल्बम ‘क्रम’ सार्वजनिक भएको छ। मंगलबार राजधानीमा पत्रकार भेटघाट गरी एल्बम सार्वजनिक गरिएको हो।
एल्बममा एक संस्कृत, एक नेवारी सहित ९ वटा गीत समावेश छन्। ‘ए सुन्दरी’, ‘भागेर जाऔं’, ‘बोया ओने नु’ (नेवारी), ‘एकैछिन पर्ख’, ‘गाउँदै छु गीत’, ‘गीतम्’(संस्कृत), ‘हामी धुलाइबाट’, ‘घुम्न जाऔं’ र ‘कहीँ कोही’ बोलका गीत एल्बममा रहेका छन्।
यसअघि ‘भेडेटारको चौतारी’, ‘बमभोले’, ‘चस्मी’, ‘आवाज’ जस्ता एल्बम ल्याइसकेका जेम्सले करिब ७ वर्षको अन्तरालमा छैटौं एल्बम ल्याएका हुन्।
अन्य सांगीतिक कार्यको व्यस्तताले लामो समयसम्म आफ्नो सोलो प्रस्तुतिलाई ध्यान दिन नसकेको उनले नेपाल लाइभसँग बताए। सात वर्षको अवधिमा २५ वटा गीत तयार गरी त्यसमध्येका ९ वटालाई मात्र एल्बमको रुपमा ल्याएको उनले बताए।
लेखन, गायन, कम्पोजिसन र अन्य थुप्रै प्रतिभाका धनी जेम्सले 'भैगो उनी जाऊन्' बोलको गीत गाएसँगै नेपाली संगीत क्षेत्रमा आफ्नो स्थान बनाउन सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।