विराटनगर– गएराति प्रहरीले भन्सार छलेर भित्र्याइएको ४० लाख मूल्य बराबरको कपडासहित को१ख ४०१० नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत कुर्तासुरुवाल लोड भएको उक्त ट्रक नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
ग्रामथान गाउँपालिका ७ का चालक सतेश चौधरी समेतलाई नियन्त्रणमा लिई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ।
दुईचक्के सवारीसाधन तथा पोकामार्फत हुँदै आएको चोरी तस्करी ठूला सवारी साधनबाट समेत हुन थालेको छ। भन्सार छली गरेर हुने चोरी तस्करी नियन्त्रण गर्न मोरङमा प्रहरीले सक्रियता बढाए पनि प्रभावकारी हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।