लहान- नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक सिरहाको लहानमा सुरु भएको छ।
लहानस्थित गोपाल सेवा समितिको सभाहलमा सोमबारबाट सुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गरे। दुई दिनसम्म चल्ने प्रशिक्षण तथा प्रादेशिक बैठकलाई पार्टी संयोजक डा भट्टराईसहित नेता हिसिला यमी, प्रवक्ता डम्बर खतिवडा, परशुराम खापुङलगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको सो पार्टीका नेता रामरिझन यादवले जानकारी दिए।
संयोजक डा भट्टराईसहित नेताहरुलाई सोमबार प्रशिक्षण दिएका छन्। केन्द्रीय नेताकै उपस्थितिमा आज प्रदेश १ र प्रदेश २ को छुट्टाछुटै बैठक बस्ने कार्यतालिका रहेको नेता यादवले बताए।
कार्यक्रममा पार्टीले अघि सारेको नीति र कार्यक्रमको सन्दर्भमा व्यापक छलफल गरी बैठकबाट स्थानीयस्तरसम्म पार्टीको भूमिका प्रभाबकारी कसरी बनाउने भन्ने बारेमा ठोस निर्णय लिइने नयाँ शक्ति पार्टीका अर्का नेता राजेश रामले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।