लस्करगाह– अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन्।
हेल्मन्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सबैजना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको छ।
‘अफगानी सुरक्षाकर्मीले दक्षिणी हेल्मण्ड प्रान्तको माज्राह र नाड अली जिल्लामा विभिन्न सैन्य कारबाही चलाएका थिए। ती कारबाहीका क्रममा २० जना लडाकू आइतबार मारिएका हुन्।’, वक्तव्यमा उल्लेख छ।
सुरक्षा कारबाहीका क्रममा सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार, विस्फोटक पदार्थ लगायतका सामग्रीहरु नियन्त्रणमा लिएर नष्ट पनि गरिएको जनाएका छन्।
मारिनेमध्ये कोही पनि आम नागरिक र सुरक्षाकर्मीहरु नरहेको पनि सुरक्षा अधिकारीको दावी छ।
घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएकोे छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।