ब्रसेल्स– बेलायत र यूरोपेली संघ (इयू)बीच बेलायतको इयूबाट हुने बहिर्गमनपछिको सङ्क्रमणकाल व्यवस्थापन गर्ने विषयमा सोमबार सम्झौता भएको छ।
इयूका तर्फबाट वार्तामा सहभागी मिसेल बार्नियरले भने,‘बहिर्गमन हुने दिन सन् २०१९ को मार्च २९ पछि सङ्क्रमणकाल व्यवस्थापन सम्झौता दुई वर्षका लागि लागू हुनेछ।’
दुई पक्षबीच आयरल्याण्डको सीमा मामिला समाधानजस्ता पेचिला विषयलाई पनि सम्झौतामा उल्लेख गरिएको छ। ब्रसेल्समा गत हप्ता भएको गहन छलफलबाट दुई पक्षसहमतिमा पुग्न सफल भएको बार्नियरले बताए।
सम्झौतापछि संयुक्त पत्रकार सम्मेलन गर्दै इयूका लागि तत्कालिन बेलायती विदेशमन्त्री डयाभिड ड्याभिडले सङ्क्रमणकालीन सम्झौताले बेलायत र इयूमा रहेका व्यवसायीको माग अनुसार अनिश्चिततालाई अन्त्य गर्न सफल भएको दावी गरे।
सङ्क्रमणकालीन सम्झौतालाई आगामी हप्ता ब्रसेल्समा हुने बैठकमा इयूका नेताले अनुमोदन गर्ने विश्वास गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।