काठमाडौं– उद्योग, बाणिज्य, आपुर्ती मन्त्री मात्रिका प्रसाद यादबले भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। भारतको भ्रमणमा रहेका मन्त्री यादबले नयाँदिल्लीमा स्वराजलाई भेटेका हुन्।
भेटमा आर्थिक क्षेत्रमा सहकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
सोमबार नै मन्त्री यादबले भारतीय बाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुलाई भेटेका थिए। भेटमा द्विपक्षित व्यापारबारे छलफल भएको थियो।
भारतीय बाणिज्यमन्त्री प्रभुको निमन्त्रणमा यादब भारत भ्रमणमा गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।