काठमाडौं- श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने बताएका छन्।
मन्त्री विष्टले त्यस्तो खराब काम गर्नेबारे संस्थागत र व्यक्तिगत उजुरी दिन पनि आग्रह गरे।
यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि दैनिक उजुरी सुनुवाइको व्यवस्था गरिएको र श्रम स्वीकृतिका लागि प्रदेश नम्बर १ को इटहरी र प्रदेश नम्बर २ को धनुषामा नयाँ कार्यालय खोलिएको समेत उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।