काठमाडौं–प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ।
संरक्षित वन्यजन्तु चितुवाको एएटा छालासहित धादिङ ज्वालामुखी गाउँपालिका–२ बस्ने २८ वर्षीय सविनकुमार श्रेष्ठ र सिन्धुली फिक्कल गाउँपालिका–२ बस्ने २३ वर्षीय डोरप्रसाद फुयाललाई पक्राउ गरेको हो।
चितुवाको छाला बिक्रि गर्न हिडेको सूचनाका आधारमा सिआईबीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।