बुटवल– नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा सांसद बलदेव शर्मा सर्वसम्मत रुपमा चयन भएका छन्।
लामो समयसम्म सहमतिको प्रयास भए पनि असफल भएपछि मतदानका लागि सोमबार अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएका बेला शर्मालाई सर्वसम्मत गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता डा बुद्धबहादुर थापाले जानकारी दिए।
सोमबार दिउँसो साढे २ बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएका बेला अन्य चार जना आकांक्षीले मनोनयन फिर्ता लिएपछि शर्मा सर्वसम्मत चयन भएका हुन्।
संसदीय दलको नेता बन्न रुपन्देहीका शर्माका साथै फकरुद्धिन खाँ, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, पाल्पाका वीरबहादुर राना र दाङका डिल्ली चौधरीले फागुन ६ गते मनोनयन दर्ता गराएका थिए।
प्रदेश नम्बर ५ मा कांग्रेसका १९ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।