विराटनगर– एभरेष्ट बैंकको विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ। प्रदेश १ मुख्यमन्त्री शेरधन राईले नयाँ भवनको उद्घाटन गरेका हुन्।
भवन समुद्घाटन कार्यक्रममा प्रदेश १ का गृह तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, अर्थ तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ लगायतको पनि उपस्थिति थियो।
बैंकले हाल ८० वटा शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम तथा बृहत् बाह्य सञ्जाल मार्फत सेवाहरु दिँदै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।