एजेन्सी- भ्लादमिर पुटिन रुसको राष्ट्रपतिमा पुन: निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा उनले ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्। अब ६ वर्षसम्मका लागि उनी रुसको राष्ट्रपति रहनेछन्।
चुनावमा ६० प्रतिशतभन्दा बढी मत खसेको थियो। केन्द्रीय निर्वाचन आयोगको अनुसार, पुटिनका निकटतम प्रतिद्वन्द्वी पायल गुरुदेनले १२ प्रतिशत मत प्राप्त गरेका छन्। पुटिनसहित ८ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा थिए।
विजयपछि पत्रकारहरूले 'के अर्को ६ वर्षका लागि पनि चुनाव लड्नुहुन्छ?' भनेर सोधेको प्रश्नमा पुटिनले हाँस्दै भने, 'के तपाईं मजाक गर्दै हुनुहुन्छ? म यहाँ सय वर्षसम्म हुनेछु? यो हुनेछैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।