लस्करगाह, अफगानिस्तान- अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा कम्तीमा २९ तालिबान लडाकुको मृत्यु भएको छ। अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले जनाएको छ।
'सुरक्षा फौजले तालिबान लडाकुहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको थियो,' मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ।
हेल्मण्ड प्रान्तको गेरेशक, नाडाली, नाहर इ साराज, संगीन र मार्जाह जिल्लामा शनिबार आक्रमण भएको थियो। सुरक्षाकर्मीहरुले लडाकुका हातहतियार तथा विस्फोटक पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन्।
घटनाका बारेमा तालिबान लडाकुहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।