रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकाले भोजनमा मासुको प्रयोग कम गर्ने । मासु खानै पर्ने भए छाला भएको मासु खाने । बिफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण जरुरी छ । परीक्षणले खराब कोलेस्ट्रोलको खतराबारे हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ ।
न्युन चिल्लोयुक्त भोजनले शरीरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई कम गर्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गरौं । बदाम वा यस्तै खानेकुरामा जोड दिउँ । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउँ । दैनिक ३० मिनेट व्यायाम अनिवार्य गरौं ।
माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नका लागि सातामा दुईदेखि तीनपटक आफ्नो भोजनमा माछाको परिकार समावेश गरौं ।
अन्डा कम खानुपर्छ ।
ग्रिन टी खानुपर्छ । यसमा क्याटेचिनस नाम गरेको पदार्थ हुनाले कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।
पर्याप्त निदाउनुपर्छ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईंको समग्र शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
कोलस्ट्रोललगायत विभिन्न घातक रोगको कारण धूमपान पनि हो । त्यसैले धूमपान त्यागेको राम्रो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।