यी कारणले पनि थकाई महशुस हुनसक्छ :
प्रोटिनको मात्रा न्यून : खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरिर कमजोर र थकाई महशुस हुन्छ । महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक– फरक भए पनि तौल र शारिरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ। प्रोटिन माछा–मासु र गेडागुडीमा प्रशस्त पाइन्छ ।
पोटासको कमि : पोटास यस्तो खनिज हो जसले तपाईको शरिरको कोषलाई पूर्ण रुपमा काम गर्न सहयोग पुयाउछ । त्यस्तै पोटासले मांशपेशीलाई बलियो बनाउँछ । केरा, बेरी, एभोकाडो र गाजरबाट प्रर्याप्त पोटास पाइन्छ ।
अत्यधिक सुत्नु : त्यसो त शरिरलाई आवश्यक उर्जाको लागि प्रर्यात सुत्न विज्ञहरुले सुझाब दिए पनि अत्यधिक बढी सुत्दा शरिर आलस्य र कमजोर महशुस हुन्छ । अत्यधिक सुत्दा शरिरमा साईड इफेक्ट पनि हुन हुन्छ । बढी निन्द्राले डायबिटिज, मोटोपन, मुटुको रोग र मृत्यु समेत हुने गरेको बिभिन्न अध्ययनहरुले दखाएका छन् ।
शाकाहारी भोजन : भिटामिन बी १२ ले शरिरलाई आवश्यक पर्ने मेटाबोलिजम र उर्जा प्रदान गर्छ । मासु र अन्डामा यो भिटामिन पाइन्छ । बी १२ को कमिले शरिर कमजोर र आलस्य हुन्छ । त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ ।
डिहाईड्रेसन : प्रयाप्त पानी नपिउदा पनि निकै अल्छी र कमजोर अनुभूति हुन्छ । मझौला खालको डिहाईड्रेसनले पनि उर्जाको तह, मुड, स्पष्ट सोच्ने क्षमतामा असर गर्छ । त्यसैले पानी प्रयाप्त मात्रामा पिउनु पर्छ ।
डिप्रेशन र चिन्ता : प्रेशनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउँछ । चिन्ताले ह्दय र मुटुको चाल बढाउने र डिप्रेसनले मुड अस्थिर बनाउने भएकोले यस्ता रोगी शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।