काठमाडौं- मन्त्री छनोट गर्न बसेको संघीय समाजवादी फोरमको पदाधिकारी बैठक बिनानिष्कर्ष टुंगिएको छ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आइतबार बसेको फोरम पदाधिकारी बैठकले नयाँ सरकारमा पठाउने मन्त्रीको छनोट गर्न सकेन।
बैठकले संविधान संशोधनको विषयमा सरकारसँग थप छलफल गर्ने निर्णय गरेको छ।
संविधानका अन्तर्वस्तुमा सरकारसँग थप छलफल आवश्यक देखिएको भन्दै सरकारसँग वार्ता गरेर निष्कर्षमा पुग्ने निर्णय भएको फोरमका एक पदाधिकारीले बताए।
फोरमले पाएको दुई मन्त्रालयमा आकांक्षी धेरै देखिएपछि त्यसलाई व्यवस्थापन गर्न नेतृत्वलाई सकस परेको छ।
सरकारसँगको सहमति अनुसार फोरमले स्वास्थ्य र शहरी विकास मन्त्रालय पाएको छ। शहरी विकास मन्त्रालय लिएर सरकारमा जान पार्टी अध्यक्ष यादवले समेत इच्छा देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।