• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्पदंशः सुरुमा झारफुक, अन्तिम अवस्थामा मात्र अस्पतालमा 

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  ०६:२०
1140x725

राजविराज- सप्तरीको डाकनेश्वरी नगरपालिका ५, पातोकी ३५ वर्षीया प्रमिलादेवी चौधरीलाई ०७६ भदौ २६ गते सर्पले डस्यो। उपचारका लागि उनलाई खडक नगरपालिका–७, कल्याणपुरस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याईयो, तर अन्तिम अवस्थामा। 

सम्भव नदेखिएपछि केन्द्रले चौधरीलाई भर्ना गरेर उपचार गर्ने जोखिम लिन सकेन। उनलाई रेफर गरेर अन्यत्रै पठाईयो। ‘शरीरभरि गोमन सर्पको विष फैलिएको थियो। उपचार गरेर बचाउन सक्ने अवस्था थिएन’, केन्द्रका प्राविधिक चन्द्रवहादुर कठायतले भने, ‘त्यसमाथि हामीसँग पर्याप्त उपकरण पनि नभएकाले जोखिम लिन सकेनौं।’

सर्पले डसेपछि धामी–झाँक्री र झारफुकमा लागेर अन्तिम अवस्थामा मात्रै उपचारका लागि ल्याईएकाले चौधरीलाई उपचार गर्न नसकिएको उनको भनाइ छ। ‘अवस्था जटिल थियो, सुविधासम्पन्न अस्पताल जान हामीले नै सल्लाह दियौं,’ कठायतले भने।
चौधरीलाई रेफर गरेको करिब १ महिनापछि असोज १७ गते तिरहुत गाउँपालिका ५ की ४० वर्षीया मञ्जु मेहतालाई उस्तै अवस्थामा केन्द्रमा पु¥याइयो। झारफुक गर्दा गर्दै गम्भीर अवस्थामा पुगेकी मेहतालाई अन्तिम अवस्थामा मात्रै उपचारका लागि पुर्‍याइएको थियो। केन्द्रले उनलाई पनि अन्यत्रै लैजान सल्लाह दियो।

प्रमिलादेवी र मञ्जु मात्र होईन, कात्तिक १९ गते उपचारका लागि आएका सुरुङ्गा नगरपालिका ५ की ६२ वर्षीया विन्तु चौधरी र रुपनी गाउँपालिका ९ की ४२ वर्षीया गंगा सदालाई पनि केन्द्रले रेफर ग¥यो। उपचार सेवा सञ्चालनमा आएपछि ५ महिनामा केन्द्रले ४ जना जटिल अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नु परेको छ।

घटेन झारफुक गर्ने प्रवृत्ति

सप्तरीमा पछिल्लो समय सर्पको बिगबिगी बढ्दो छ। तर सर्पले डस्दा झारफुक गर्ने प्रवृत्ति घटेको छैन। अन्तिम अवस्थामा मात्रै उपचार खोज्ने गरिएका कारण बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ। ‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमी खोज्ने चलन छ,’ उपचार केन्द्रका क्याप्टेन प्रकाश विष्ट भन्छन्, ‘सप्तरीमा ९० प्रतिशत बिरामी पहिला धाँमी, त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्छन्।’

यही प्रवृत्तिले अन्तिम समयमा उपचार खोज्दै आएका ४ जना बिरामी अन्यत्र रेफर गर्नु परेको उनले बताए। ‘सबै सर्प विषालु हुँदैनन्, यस्ता सर्पले टोके बिरामी घरमै बसे पनि मर्दैनन्। यिनै घटनामा झारफुकले निको भएको भ्रम पर्छ,’ उनले भने, ‘सोही भ्रमका कारण विषालु सर्पले टोकेका बिरामीको ज्यान जाने खतरा रहन्छ।’

सप्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायतका विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धेरै आउने गरेको केन्द्रका प्राविधिकहरू बताउँछन्।

Ncell 2
Ncell 2

५ महिनामा २ सय ११ को उपचार, धेरैजसो महिला

केन्द्रमा असार १७ गतेपछि २ सय ११ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। जसमा महिलाको संख्या अधिक छ। २ सय ११ मध्ये ८७ जना पुरुष र १ सय २४ जना महिला रहेको केन्द्रले जनाएको छ। प्रायजसो १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति सर्पदंशको मारमा पर्ने गरेका छन्।

असारमा १४ महिला ७ पुरुष,  साउनमा ३४ महिला १४ पुरुष, भदौमा २७ महिला २३ पुरुष, असोजमा २९ महिला २३ पुरुष, कात्तिकमा १२ महिला १७ पुरुष र मंसिरमा ८ महिला ३ पुरुष उपचारका लागि भर्ना भएका थिए। सर्पदंशका बिरामीमध्ये जम्मा ७ जना विष लागेका बिरामी भर्ना भएका थिए। ४ जना गोमन र ३ जना भाइपर (सुगासाप) ले टोकेका बिरामी भर्ना भएकोमा गोमनले टोकेका चारै जना रेफर भएको तथा भाईपरले टोकेका ३ जनाको सफल उपचार भएको थियो।

घाँस काट्न जंगल गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन। केन्द्रमा आसपासका रुपनी, बलान विहुल, अग्निसाईर कृष्णसवरण गाउँपालिका तथा शम्भुनाथ, डाकनेश्वरी, खडक, बोदेबरसाईन, सुरुङ्गा नगरपालिका क्षेत्रवाट सर्पदंशका धेरै बिरामी धेरै आउने गरेको विष्टले जानकारी दिए।

दक्षिण क्षेत्रका सर्पदशंका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गएपछि राजमार्ग तर्फका  बिरामीका लागि केन्द्रले राम्रो सुविधा दिन सक्ने सेनाको अनुमान छ। ‘पूर्वमा सुनसरीको इटहरी र पश्चिममा सिरहाको चोहर्वामा मात्रै सर्पदशंको उपचार हुन्छ,’ क्याप्टेन बिष्ट भन्छन्, ‘पर्याप्त श्रोत÷साधन पाए राजमार्ग र राजमार्गको उत्तरतर्फका बिरामीका लागि हामीले राम्रो सेवा दिन सक्छौं।’ 

उपकरण र स्थान अभाव

सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव भएपछि उपचारमा समस्या उत्पन्न भएको छ। उपचार कक्ष, फर्निचर, बिरामी अनुगमन, सक्सन मेसिन, अक्सोमिटर लगायतका उपकरणको अभाव रहेको प्राविधिक कठायतले बताए। आवश्यक उपकरण र उपचार कक्ष नहुँदा जटिल प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको उनले जानकारी दिए।

नेपाली सेनाको राजविराजस्थित भीम दल गणद्वारा १७ असार ०७६ देखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो।    खडक नगरपालिका ७ स्थित खानेपानी योजनाको जग्गा र भवनमा केन्द्र संचालित छ। वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरू चन्द्रबहादुर कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गरिरहेका छन्।

सेनाको अन्य जनशक्ति बस्न र उपचार गर्न कोठा अभाव छ। सर्पदशंको उपचारका लागि दुई वटा कोठामा तीन वटा बेड राखिएका छन्। तर, उपचारका लागि कोठा र फर्निचर पर्याप्त नभएको प्राविधिकहरू बताउँछन्। ‘वर्षातको समयमा बिरामीको चाप बढ्छ,’ उनीहरू भन्छन्–‘त्यस्तो बेला कुर्सीमा राखेर बिरामीको उपचार गर्नुपर्छ।’

केन्द्र सञ्चालनका क्रममा खडक नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ उपलब्ध गराएपनि त्यसपछि कतैबाट सहयोग नपाएको सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मो. उसमान मियाँले बताए। ‘भएको संरचना र फर्निचर पनि जीर्ण छन्,’ उनले भने, ‘भवनमा पानी चुहिन्छ, बेड र कुर्सी पनि पुराना छन्, त्यो पनि पर्याप्त छैन।’ 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनका दिन कतै पनि वर्षा नहुने
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने
सम्बन्धित सामग्री
निर्वाचनका दिन कतै पनि वर्षा नहुने महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको व... बुधबार, फागुन २०, २०८२
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएकी थिइन् । तर पनि केही समय ढिलोगरी बैठक सुरु भएको हो । बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ को वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका कर्मचारी गोर्खबहादुर थापा र निर्वाचन प्र... बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
निर्वाचनका दिन कतै पनि वर्षा नहुने बुधबार, फागुन २०, २०८२
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु बुधबार, फागुन २०, २०८२
टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्