• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्पदंशः सुरुमा झारफुक, अन्तिम अवस्थामा मात्र अस्पतालमा 

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  ०६:२०
1140x725

राजविराज- सप्तरीको डाकनेश्वरी नगरपालिका ५, पातोकी ३५ वर्षीया प्रमिलादेवी चौधरीलाई ०७६ भदौ २६ गते सर्पले डस्यो। उपचारका लागि उनलाई खडक नगरपालिका–७, कल्याणपुरस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याईयो, तर अन्तिम अवस्थामा। 

सम्भव नदेखिएपछि केन्द्रले चौधरीलाई भर्ना गरेर उपचार गर्ने जोखिम लिन सकेन। उनलाई रेफर गरेर अन्यत्रै पठाईयो। ‘शरीरभरि गोमन सर्पको विष फैलिएको थियो। उपचार गरेर बचाउन सक्ने अवस्था थिएन’, केन्द्रका प्राविधिक चन्द्रवहादुर कठायतले भने, ‘त्यसमाथि हामीसँग पर्याप्त उपकरण पनि नभएकाले जोखिम लिन सकेनौं।’

सर्पले डसेपछि धामी–झाँक्री र झारफुकमा लागेर अन्तिम अवस्थामा मात्रै उपचारका लागि ल्याईएकाले चौधरीलाई उपचार गर्न नसकिएको उनको भनाइ छ। ‘अवस्था जटिल थियो, सुविधासम्पन्न अस्पताल जान हामीले नै सल्लाह दियौं,’ कठायतले भने।
चौधरीलाई रेफर गरेको करिब १ महिनापछि असोज १७ गते तिरहुत गाउँपालिका ५ की ४० वर्षीया मञ्जु मेहतालाई उस्तै अवस्थामा केन्द्रमा पु¥याइयो। झारफुक गर्दा गर्दै गम्भीर अवस्थामा पुगेकी मेहतालाई अन्तिम अवस्थामा मात्रै उपचारका लागि पुर्‍याइएको थियो। केन्द्रले उनलाई पनि अन्यत्रै लैजान सल्लाह दियो।

प्रमिलादेवी र मञ्जु मात्र होईन, कात्तिक १९ गते उपचारका लागि आएका सुरुङ्गा नगरपालिका ५ की ६२ वर्षीया विन्तु चौधरी र रुपनी गाउँपालिका ९ की ४२ वर्षीया गंगा सदालाई पनि केन्द्रले रेफर ग¥यो। उपचार सेवा सञ्चालनमा आएपछि ५ महिनामा केन्द्रले ४ जना जटिल अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नु परेको छ।

घटेन झारफुक गर्ने प्रवृत्ति

सप्तरीमा पछिल्लो समय सर्पको बिगबिगी बढ्दो छ। तर सर्पले डस्दा झारफुक गर्ने प्रवृत्ति घटेको छैन। अन्तिम अवस्थामा मात्रै उपचार खोज्ने गरिएका कारण बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ। ‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमी खोज्ने चलन छ,’ उपचार केन्द्रका क्याप्टेन प्रकाश विष्ट भन्छन्, ‘सप्तरीमा ९० प्रतिशत बिरामी पहिला धाँमी, त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्छन्।’

यही प्रवृत्तिले अन्तिम समयमा उपचार खोज्दै आएका ४ जना बिरामी अन्यत्र रेफर गर्नु परेको उनले बताए। ‘सबै सर्प विषालु हुँदैनन्, यस्ता सर्पले टोके बिरामी घरमै बसे पनि मर्दैनन्। यिनै घटनामा झारफुकले निको भएको भ्रम पर्छ,’ उनले भने, ‘सोही भ्रमका कारण विषालु सर्पले टोकेका बिरामीको ज्यान जाने खतरा रहन्छ।’

सप्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायतका विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धेरै आउने गरेको केन्द्रका प्राविधिकहरू बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

५ महिनामा २ सय ११ को उपचार, धेरैजसो महिला

केन्द्रमा असार १७ गतेपछि २ सय ११ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। जसमा महिलाको संख्या अधिक छ। २ सय ११ मध्ये ८७ जना पुरुष र १ सय २४ जना महिला रहेको केन्द्रले जनाएको छ। प्रायजसो १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति सर्पदंशको मारमा पर्ने गरेका छन्।

असारमा १४ महिला ७ पुरुष,  साउनमा ३४ महिला १४ पुरुष, भदौमा २७ महिला २३ पुरुष, असोजमा २९ महिला २३ पुरुष, कात्तिकमा १२ महिला १७ पुरुष र मंसिरमा ८ महिला ३ पुरुष उपचारका लागि भर्ना भएका थिए। सर्पदंशका बिरामीमध्ये जम्मा ७ जना विष लागेका बिरामी भर्ना भएका थिए। ४ जना गोमन र ३ जना भाइपर (सुगासाप) ले टोकेका बिरामी भर्ना भएकोमा गोमनले टोकेका चारै जना रेफर भएको तथा भाईपरले टोकेका ३ जनाको सफल उपचार भएको थियो।

घाँस काट्न जंगल गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन। केन्द्रमा आसपासका रुपनी, बलान विहुल, अग्निसाईर कृष्णसवरण गाउँपालिका तथा शम्भुनाथ, डाकनेश्वरी, खडक, बोदेबरसाईन, सुरुङ्गा नगरपालिका क्षेत्रवाट सर्पदंशका धेरै बिरामी धेरै आउने गरेको विष्टले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दक्षिण क्षेत्रका सर्पदशंका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गएपछि राजमार्ग तर्फका  बिरामीका लागि केन्द्रले राम्रो सुविधा दिन सक्ने सेनाको अनुमान छ। ‘पूर्वमा सुनसरीको इटहरी र पश्चिममा सिरहाको चोहर्वामा मात्रै सर्पदशंको उपचार हुन्छ,’ क्याप्टेन बिष्ट भन्छन्, ‘पर्याप्त श्रोत÷साधन पाए राजमार्ग र राजमार्गको उत्तरतर्फका बिरामीका लागि हामीले राम्रो सेवा दिन सक्छौं।’ 

उपकरण र स्थान अभाव

सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव भएपछि उपचारमा समस्या उत्पन्न भएको छ। उपचार कक्ष, फर्निचर, बिरामी अनुगमन, सक्सन मेसिन, अक्सोमिटर लगायतका उपकरणको अभाव रहेको प्राविधिक कठायतले बताए। आवश्यक उपकरण र उपचार कक्ष नहुँदा जटिल प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको उनले जानकारी दिए।

नेपाली सेनाको राजविराजस्थित भीम दल गणद्वारा १७ असार ०७६ देखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो।    खडक नगरपालिका ७ स्थित खानेपानी योजनाको जग्गा र भवनमा केन्द्र संचालित छ। वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरू चन्द्रबहादुर कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गरिरहेका छन्।

सेनाको अन्य जनशक्ति बस्न र उपचार गर्न कोठा अभाव छ। सर्पदशंको उपचारका लागि दुई वटा कोठामा तीन वटा बेड राखिएका छन्। तर, उपचारका लागि कोठा र फर्निचर पर्याप्त नभएको प्राविधिकहरू बताउँछन्। ‘वर्षातको समयमा बिरामीको चाप बढ्छ,’ उनीहरू भन्छन्–‘त्यस्तो बेला कुर्सीमा राखेर बिरामीको उपचार गर्नुपर्छ।’

केन्द्र सञ्चालनका क्रममा खडक नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ उपलब्ध गराएपनि त्यसपछि कतैबाट सहयोग नपाएको सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक मो. उसमान मियाँले बताए। ‘भएको संरचना र फर्निचर पनि जीर्ण छन्,’ उनले भने, ‘भवनमा पानी चुहिन्छ, बेड र कुर्सी पनि पुराना छन्, त्यो पनि पर्याप्त छैन।’ 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादमार्फत नेपालले उक्त सहायता सुनिश्चित गरेको हो। मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्